खरसाङ बजार नजिक राष्ट्रिय राजमार्गको पर्खाल भत्कियो

Share this news

खरसाङ्को मोटर स्ट्याण्डदेखि केही पर धोबी खोला तर्फ प्रधान प्रेटोल पम्प नजिक राष्ट्रिय राजमार्ग 110 को देवाल दुई दिनको लगतार वर्षामा झरेको छ। सड़कको तल्लो किनारको देवाल झरेपछि सड़क मुनि रहेको रेलवेको क्वार्टरको भित्ताले झरेको देवाललाई थामेर राखेको छ। जसको कारण रेलवे क्वार्टरमा बसिरहेका रेल कर्मचारीहरू ठूलो समस्या अनि जोखिममा परेका छन्‌‍। सड़कको देवाल अझ झरेको खण्डमा उक्त रेलवे क्वार्टरको भित्ता भत्किने र ढुङ्गा-माटो क्वार्टर भित्र पस्ने सम्भावना रहेको छ। सड़कको देवाल झरेर क्वार्टरको भित्तामा अड़ेसिएकोले वर्षाको समयमा पानी क्वार्टर भित्र पसिरहेको छ। शनिवार राष्ट्रिय राजमार्ग पूर्वाधान विकास निगम लिमिटेडका इञ्जिनियरहरू आएर यस क्षेत्रको निरीक्षण गरेपछि देवाल झरेको सड़कको भागलाई बार्ने काम गरिएको छ।

यस विषयमा स्थानीय चन्दन प्रसादले भने, राष्ट्रिय राजमार्गको यस स्थानमा वर्षाको भल सड़कमा बग्ने गरेको छ। सड़कमा बगेको भल सड़कको तल्लो भागमा रहेको ढालु स्थानमा जमिने गरेकोलेनै यहाँको देवाल झरेको हो। यहाँ सड़कको देवाल झरेपछि हामीले राष्ट्रिय राजमार्ग एवं पूर्वाधानर विकास निगम लिमिटेडलाई बारम्बर खबर दिएपछि आज शनिवार विभागका अभियन्ताहरू आएर निरीक्षण गरी देवाल झरेको स्थानको सड़कमा बार लगाउने कार्य गरिएको छ। विभागका अभियन्ताहरूले आगामी दुई-तीन दिनमा सड़कको मरम्मती कार्य आरम्भ गरिने आवश्यवसन दिएर गएका छन्‌‍। भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला प्रवक्ता समेत रहेका प्रसादले प्रधान प्रेटोल पम्प नजिको यस स्थानमा वर्षाको भल सड़कमा बग्ने भएकोले जनसाधरण, विद्यार्थी, चालक, दुईचक्को सवारहरू समस्यामा पर्ने गरेको गुनासो गर्दै यो समस्या समाधानको माग गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आजको रोजाइ