पेशोक पेन्टीकोस्ट्ल चर्च लगायत क्षेत्रका विभिन्न चर्चहरुमा क्रिसमस पालन

Share this news

पेशोक, 25 दिसेम्बर(निसं):दिस्मबर महिना लागे पछि कुरो आउँछ 25 दिसम्बर बडा दिनको। हरेक व्यक्ति, गाउँ-घर, बाल-बालिकाहरुको मुखबाट सुन्न सकिन्छ 25 दिसेम्बर। इसाई धर्म समुदायको घर अघि बाँसको टुप्पोमा तारा झुण्डिएको अनि रातमा बलिरहेको देखिन्छ। तब भन्छन् , क्रिसमस आएछ भनी गाउँवासीहरुको भनाइछ। वर्ष 2025 को अन्तिम महिना बित्न लाग्यो अनि वर्षको 25 दिसम्बर पनि आयो। इसाई समुदायहरुले गाएको क्यारोल गीतहरुले इसाई जगत गुञ्जायमान बनेको छ् । पेशोक चियाबारी क्षेत्रको जेठो गिर्जाघर पनि सिङ्गारिएको छ भने पेशोक चियाबारीका हरेक इसाई धर्म समुदायहरुले आफ्नो घरलाई सिङ्गारेर चट्क्क बनाएका छन् , हेर्दा रमाईलो देखिने। खास भनुँ भने क्रिसमसको तयारी पूरा भएको छ भनी क्षेत्रवासी बताउछन्। मुक्तिदाता प्रभु येशुको जन्म दिन भनेर प्रतिबर्ष पालन गरिने क्रिसमस पर्वको सम्पुर्णमा बधाई एवं शुभकामना जनाउदै स्थानीय स्तरमा क्रिसमसको अभिवादन स्थानीय पेशोक चियाबारीको हिमालय क्रुसेड पेन्टीकोस्ट्ल चर्चका सचिव फिलिप तामङले गरेका छन् । यसरी नै पेशोक चियाबारी क्षेत्र बाहेक लप्चु एघार माईल, लामाहट्टा, तक्लिङ, बडामंगवा,एवं अन्यान्य क्षेत्रहरुमा क्रिसमस पर्वको तयारी पूरा भएको छ् भने क्रिश्चियन समुदायहरुले आफ्नो इसाई रितिरिवाज मुताविक तयारी गरेर क्यारोल गीत ,प्रि-क्रिसमस कार्यक्रम आयोजन गरिएको जान्नमा आएको छ। प्रभु येशुको जन्म दिन सबै भन्दा चिसो दिन परेको भन्दै 25 दिसम्बरको दिन सर्वत्र रूपमा क्रिश्चियन समुदायले पालन गर्दै ल्याएको छ। आगामी 25 दिसेम्बर पेशोक चियाबारीको जेठो गिर्जा घर हिमालय क्रुसेड पेन्टीकोस्ट्ल चर्च लगायत क्षेत्रका विभिन्न चर्चहरुमा क्रिसमस वा बडा दिन भक्तिभाव एवं हर्षोल्लासको साथ पालन गरिने बताइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ