बिजनबारी बजारमा भव्यताको साथमा क्रिसमस पालन

Share this news

बिजनबारी, 23 दिसम्बर (निसं): सोमबार बिजनबारी  बजारमा भव्यताको  साथमा प्री-क्रिशमस पालन गर्‍यो। पुलबजार- बिजनबारीका चर्चहरूको मुख्य आयोजनामा भएको कार्यक्रममा प्रमुख वाक्तका रूपमा पास्टर जेम्स सुब्बा उपस्थित थिए भने उनीबाहेक अतिथिहरूमा क्षेत्रीय सभासद भुपेन्द्र छेत्री, पुलबजार-बिजनबारी ग्राम पञ्चायतका प्रधान पदमा सुब्बा, योगेन्द्र राई, पुनम दर्नाल, बरिष्ट साहित्यकार मनप्रसाद सुब्बा, पहाडी तराई क्रिश्चियन माइनोरेटीका महासचिव पास्टर असीम राई , शिक्षक पुष्पमणि प्रधान लगायत छिमेकी राज्य सिक्किमबाट आएका अतिथि कलाकारहरूमा सन्तोष बराइली, गुडविन आदिको  विषेश उपस्थिति रहेको थियोे।
 आजको कार्यक्रममा प्रमुख वक्त पास्टर जेम्स सुब्बाले आफ्नो विचार राख्दै भने, –  प्रभु यीशुले यस धर्तीमा  जन्म लिनु भयो, कसका लागि भन्दा हामी मानव जातिलाई बचाउनका लागि जन्म लिनु भएको थियोे।  हामीले जिउदो हुँदा नै प्रभुलाई चिनोै, असल कर्म गराैँ। सत्यको बाटो हिडाैँ। हामी विवेकशील प्राणी हाैँ, त्यसैले गर्दा हामीले उहाँको महिमालाई बुझाैँ भनी उनले आशीर्वाद वचन राखेँ।
अमित सिङ्कोकद्वारा सञ्चालित कार्यक्रममा क्यारल गीत, भजन, नृत्य आदि प्रस्तुति गरिएको थियोे भने कार्यक्रममा विभिन्न व्यक्ति विषेशलाई सम्मान पनि जनाएको थियोे । स्थानीय बिजनबारी बजारस्थित टिनटिन कम्प्लेक्स नजिक भएको कार्यक्रममा विभिन्न चर्चहरूका अगुवा साथै ईसाई धर्मअनुयायीहरूले व्यापक रूपमा सहभागीता जनाएको जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ