Chivabhanjang Trail Run
Chivabhanjang Trail Run

हिमालयको मुटुमा दौड: सिक्किमको चिवाभन्ज्याङ ट्रेल रन

Share this news

पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत उत्तरेदेखि भारत नेपालको सिमा नाका चिउवा भञ्ज्याङ्सम्म गराइएको दोस्रो “चिवाभन्ज्याङ्ग १० के ट्रेल रन-२०२५ )को फ्यागअफ गरि दौडलाई अघि बडाएको छ। यहाँको उत्तरे बजारदेखि अन्तर्राष्ट्रिय सिमा नाका चिउवा भञ्ज्याङ् सम्म हराएको दौडलाई शुरु गर्न सोरेङ च्याखुङ समष्टिका विधायक आदित्य गोले, पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार एवं विधायक सुदेश कुमार लिम्बु , विधायक इरुङ तेन्जिङ लेप्चा , गेजिङ जिल्लापाल तेन्जिङ डि डेन्जोङ्पा , महकुमा अधिकारी एन के कार्की , अतिरिक्त जिल्ला बिकास अधिकारी सुरत गुरुङ , उत्तरे पुगेका थिए भने कार्यक्रममा मुख्य अतिथि रहेका विधायक आदित्य गोलेले हरियो झण्डा फरार दौड शुरु गराए। कार्यक्रममा बिभागका प्रमुख क्षेत्रका ओएसडीहरु
मानेबुङ्ग देन्ताम पर्यटक विकास समितिका अध्यक्ष आरबी विस्ट अन्य सदस्यगण जिल्ला पन्चायत विभिन्न विभागका अधिकारीहरू, सुरक्षा बलका प्रतिनिधिहरू, पुलिस, वन विभाग, स्वास्थ्य विभागका अधिकारी, होटल व्यवसायी, स्थानीय संघसंस्था, गाउँलेहरूका साथ राजनीतिक कार्यकर्ताहरूको सहभागिता रहेको थियो। यो दौडमा सिक्किम लगायत भारतका विभिन्न राज्यहरूबाट खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए ,भने नेपालसमेतका खेलाडीहरूको सहभागिता रहेको थियो। दौड उत्तरे टाइटैनिक पार्कबाट सुरु भई फिसरिस, कुनाबार, धनपाले, सेन्चुरी फेदीखोला हुँदै चित्रे र अन्ततः चिवाभन्ज्याङ्गमा समाप्त भएको थियो। दौडमा विधायक आदित्य गोलेले पनि सहभागीता जनाएका थिए। सिक्किम राज्यको पश्चिमी क्षेत्रमा भएको 10 के दौड एउटा महत्त्वपूर्ण खेलकूद र पर्यटन प्रवर्द्धन कार्यक्रम गरयो। यस प्रतियोगिताले प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै दिगो पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको विधायक सुदेश कुमार सुब्बाले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ