Musical program Siliguri
Musical program Siliguri

चयुनामञ्चद्वारा कार्यक्रम ‘म्युजिकल कक्टेल २०२६’ आयोजित

Share this news

चम्पासरी युवा नाट्य मञ्चद्वारा आयोजित साङ्गीतिक कार्यक्रम ‘म्युजिकल कक्टेल २०२६’ महेशमारी मिलनमोड‌मा अवस्थित संस्थाकै परिसर नजिकको मैदानमा भव्यताका साथ सम्पन्न भयो। स्थानीय समाजसेवी शिक्षाविद् दीपक न्यौपानेको अध्यक्षतामा सम्पन्न साङ्गीतिक समारोहको सञ्चालन रोचक ढङ्गमा कृष्ण बस्नेतले गरेका थिए। सर्वप्रथम संस्थाका पदाधिकारीगण सचिव इन्द्र बहादुर खतिवडा, कार्यक्रम संयोजकद्वय कयाप्टेन पेमा लामा एवं जय छेत्री तथा महिला सदनका अध्यक्ष सीमा लामा प्रधान र सचिव सीमा भट्टराईलाई अभ्यर्थना जनाई कार्यक्रमको थालनी गरियो।

दीप प्रज्ज्वलन तथा विश्व शान्तिको कामनामा मौनधारण गर्दै शुभारम्भ गरिएको कार्यक्रममा लोरीना क्षेत्रीले स्वागत नृत्य प्रस्तुत गरिन्। कार्यक्रमका प्रायोजक तथा सहयोगीहरूलाई सम्मान जनाएपछि सांस्कृतिक कार्यक्रम शुरू गरियो। समारोहमा स्थानीय कलाकार क्षितिज क्षेत्रीले बाँसुरी र तबलाको फ्युजन सङ्गीत प्रस्तुत गरी दर्शकलाई मुग्ध पारे भने मिस्टिक मुभर्स डान्स एकाडेमी’ र ‘आकाङ्क्षा डान्स एकाडेमी’-का कलाकारहरूले सुन्दर नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाए। आमन्त्रित तीन चर्चित कलाकार विक्रम कालिकोटे, भोइस अफ नेपाल सीजन ७ की कलाकार ममता क्षेत्री तथा जी बाङ्ला सारेगामापाका कलाकार दिवाकर खवासले आ-आफ्नो उत्कृष्ट प्रस्तुति दिएर उपस्थित सम्पूर्ण श्रोता दर्शकहरूलाई भरपूर मनोरञ्जन गराए। चर्चित अर्केष्ट्रा टोली ‘ज्याज व्याण्ड’ले पनि साङ्गीतिक माहोललाई तताए।

समारोहमा साङ्गीतिक कार्यक्रम सँगसँगै ‘दिव्य ज्योति सेवा समिति, वरिष्ठ महिला समूह, ग्लोबल ह्यूमन राइट्स पीस फाउन्डेशन, मन्थन नाट्य मञ्च, सिलगढी गोर्खा हाट, तेजस नारी कल्याण समूह, माइतीघर नारी समूह, शास्त्रीनगर समाज सेवा समिति र गोर्खा वेलफेयर एसोसिएशनलाई पनि मायाको चिनो प्रदान गरी सम्मान जनाइयो । संस्थाद्वारा प्रत्येक वर्ष प्रदान गरिने Member of the year male र female को पुरस्कार यस वर्ष संस्थाका सक्रिय सदस्य खिमानन्द न्यौपाने र कविता पराजुलीलाई प्रदान गरियो। स्थानीय सङ्गीत प्रेमीहरु बाहेक सिलगढी, सालुगढा, सालबारी, शास्त्रीनगर तथा विभिन्न सङ्घ संस्थाबाट पनि दर्शकहरूको व्यापक उपस्थिति रहेको म्युजिकल कक्टेल २०२६ साङ्गीतिक कार्यक्रममा कर्नल पी. के शर्मा, राजेन सुवेदी, चन्द्र छेत्री, अरूणा रूचाल, सरस्वती शेर्पा बिन्दु दाहाल, पदम छेत्री, ज्ञानेन्द्र दाहाल, लतिका जोशी, ललिता जोशी, प्रधान नगर थानाका ASI सञ्जय रोय, निर्मला न्यौपाने, राजु शाशंकर, शङ्कर शर्मा, सुनिल गिरी, सरोज श्रीमल, मीरा श्रीमल,प्रमिला अधिकारी आदि गण्यमान्यजन अतिथिका रूपमा उपस्थित रहेका थिए भनी संस्थाका प्रचार प्रसार प्रमुख जीवन भट्टराईले विज्ञप्तिमार्फत  जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ