“Changed Face” Second Edition
“Changed Face” Second Edition

रीना सुब्बाको “परिवर्तित अनुहार”को दोस्रो संस्करणको लोकार्पण

Share this news

युवा लेखिका रीना सुब्बाद्वारा लिखित कृति “परिवर्तित अनुहार”को दोस्रो परिमार्जित संस्करणको लोकार्पण समारोह भव्य रूपमा बुकआन्ट पब्लिकेशन हाउसमा शनिबार सम्पन्न भएको थियो। उक्त कार्यक्रमले साहित्यिक परिवेशमा नयाँ उत्साह थपेको छ। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवाड़ाले गरेका थिए भने प्रमुख अतिथि देवकोटा संघका अध्यक्ष मिलन रुचाल, विशिष्ट अतिथि साहित्य अकादमी पुरस्कारप्राप्त वरिष्ठ साहित्यकार मोहन ठकुरी थिए। यस उपन्यासको पहिलो संस्करण २०२३ मा गामा प्रकाशन दार्जीलिङ्बाट प्रकाशन भएपछि धेरै पाठकहरु मन जित्न सफल भएको अनि धेरै पाठकहरुले अझै पनि यस पुस्तकको माग भएको हुनाले यसको दोस्रो संस्करण प्रकाशित गरिएको हो। यस दोस्रो संस्करण प्रकाशित गर्ने सम्पूर्ण जिम्मेवारी अनेरी क्याप्टन (अवकाश प्राप्त) हेमन्त सुब्बाले लिएका थिए। उपन्यासकार रीना सुब्बाले परिवर्तित अनुहार उपन्यासमा भएको पात्र उषा र क्रान्ति दार्जीलिङकै दुइ वास्तविक पात्रहरु भएको बताइन्। नारीवादको प्रसंगमा धेरै समाजमा जस्तो मानिसहरुले नारीवादको परिभाषालाई गलत अर्थाएको पनि बताइन्। नारीवाद पुरुषको विरोधमा उठेको सिद्धान्त होइन, नारीवाद पितृसत्तात्मक व्यवस्थाको विरोधमा उठेको सिद्धान्त हो, जसमा नारीवादले नारीको मात्र वकालत गर्दैन पुरुषको पनि वकालत गर्ने बताइन्। उपस्थित अथिति शिक्षिका – पूर्णिमा थामीले नारीवाद अनि नारी लेखन साथै वर्तमान समाजमा नारीको स्थिति बारे आफ्नो दह्रिलो सम्भाषण प्रस्तुत र गरिन् साथै लेखिका रीना सुब्बालाई यस कृतिको निम्ति वधाइ एवं शुभकामना दिइन्।
यस समारोहमा अन्य अतिथिहरूमध्ये अनेरी क्याप्टन (अवकाशप्राप्त) हेमन्त सुब्बा, ६०+(प्लस) एशोसिशनका महासचिव एवं साहित्यकार, अनुवादक–समालोचक तथा हास्य–व्यङ्ग्यकार नाट्यकार कृष्ण प्रधान, कानेखुसी नाट्य टोलीका निर्देशक कृष्ण बस्नेत, कलाकारहरू मणि शर्मा, डा. पद्मश्री लक्ष्मी देवान, सदस्यहरुमा नारी हस्ताक्षर नगिता लेप्चा र नारी हस्ताक्षर पार्वती देवान, नारी हस्ताक्षर – डा. शरदा छेत्री, सी.ए. भिक्टोरिया रहमन, निलम तामाङ, सालबारी “शब्दसाथी” का सम्पूर्ण सदस्यगण लगायत “आरनोवा” (एसोसिशन फर रिर्सच अन ननप्रफिटेबल अर्गनाजेशन एण्ड वल्युन्टेरी एक्टिविटिजका कार्यकारी अध्यक्ष मेनका तामाङको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रममा हिमालयद दर्पण दैनिक पत्रिकाका प्रमुख सम्पादक शिबु छेत्रीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको संञ्चालन नारी हस्ताक्षर देवीका मंग्रातीले काव्यमय ढङ्गले प्रस्तुत गरेकी थिइन्। थियो । यस अवसरमा बोल्दै लेखक/साहित्यकारहरूले “परिवर्तित अनुहार” कृतिले नेपाली साहित्यमा नयाँ दृष्टिकोण थप्ने विश्वास व्यक्त गरे। अन्तमा लेखिका रीना सुब्बालाई प्रकाशनको तर्फबाट स्मृतिपत्र भेट गरिएपछि लेखिकाद्वारा समारोहलाई सफल बनाउन साथ दिने प्रकाशक बुकआन्ट पब्लिकेशन अनि संस्थापक कवि राजा पुनियानीप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो भने अनेरी क्याप्टन हेमन्त सुब्बाको आत्मीय सहयोगको निम्ति आभार प्रकट गरिएको लादोर्जे तामाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आजको रोजाइ