अध्यक्ष मन घिसिङद्वारा शहीदहरुलाई श्रद्धाञ्जलली 

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ  ब्राञ्च कमिटी अन्तर्गत समष्टिहरुमा शहीद दिवस पालन गरियो । यसैक्रममा आर्य-ब्लुमफिल्ड-ऋषिहाट समष्टिको आयोजनामा  गोरामुमो अध्यक्ष मन घिसिङद्वारा शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।घूम-जोरबङ्लो समष्टि , सदर-1,2,3 अनि 4 समष्टिका प्रतिनिधिवर्ग , भ्रातृ संगठन साथै गोरामुमो कार्यकर्ताहरुद्वारा डाली मोदी धुरा शहीद वेदीमा शहीदहरुलाई नमन गर्दै खदा माला चडाएर श्रद्धाञ्जली अर्पण गरेको समष्टिका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । यसैक्रममा गोरामुमो अध्यक्ष मन घिसिङ चुङथुङ-मेरीबुङ समष्टि द्वारा आयोजित शहीद दिवस समारोहमा सामेल भएर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण  गरे । आफ्नो सम्बोधन राख्ने क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने , शहीद शब्द आफैंमा पवित्र छ , जुन राजनैतिक दल भन्दा पर, कुनै स्वार्थभन्दा माथि उठेर मातृभूमि र जातिको मुक्ति-मार्गमा समर्पित हुन्छ।शहीदहरूलाई कहिल्यै राजनैतिक दलको सीमामा बाँधिनुहुन्न। उहाँहरू सम्पूर्ण गोर्खा जातिको साझा गौरव हुन्।त्यसैले, आजको दिनमा हामीले मुख्य अतिथिलाई होइन, शहीदलाई सर्वोच्च स्थानमा राख्नुपर्छ। शहीद मुख्य अतिथिभन्दा ठूलो हुन्छ, यस्तै विचारमा सदैव अडिग रहनु भएका गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको सोच र मार्गदर्शनले हामीलाई आज पनि प्रेरणा दिइरहेको छ। हामीले बारम्बार दोहोर्‍याउदै आएका छौं, शहीदलाई एक दिन सम्झेर मात्र हुँदैन।शहीदलाई साँचो श्रद्धाञ्जली भनेको उनीहरूको सपना साकार गर्नु हो । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सधैं यही सोचका साथ अघि बढिरहेको छ।जबसम्म यो जातिले न्याय पाउँदैन, तबसम्म शहीदहरूले पनि न्याय पाउँदैनन्।यस कारण हामी शहीदको न्यायको निम्ति, उहाँहरूको बलिदानको सम्मानको निम्ति निरन्तर क्रियाशील छौं। यो मुद्दा कुनै दल विशेषको मात्र होइन,यो सम्पूर्ण गोर्खा समुदायको साझा सपना हो।हामी सबै राजनैतिक  दलहरूप्रति अनुरोध गर्दछौं,
सिद्धान्तमा फरक भए पनि जाति र माटोको मुक्ति भन्ने एउटै मञ्चमा एकजुट भई अघि बढौं। म होइन, हामी भन्ने भावनाबाट प्रेरित भएर शहीदहरूको सपना साकार पारौं। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो धर्म निभाइसकेको छ। भारत सरकारसंग वार्ता पनि भइसकेको छ। गोर्खा जातिले जिताउनु पर्ने , सांसद अनि विधायक पनि पटक-पटक जिताएर पठाएको हो अब गोर्खाप्रति न्याय दिने काम भारत सरकारको हो ,अब भारत सरकार बोल्नु पर्छ भनी गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सम्बोधनको क्रममा भने । यसैक्रममा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत चौध वटा समष्टिहरुमा शहीद दिवस पालन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ