पश्चिम बङ्गाल समवाय स्थायी कर्मचारी संगठन जिल्ला कालेबुङ र दार्जीलिङको तत्वावधानमा एक जरूरी सभा क्राउन लज कालेबुङको प्रेक्षागृहमा नन्दलाल छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त सभामा दार्जीलिङका अध्यक्ष नन्दलाल लगायत कालेबुङका सांगठानिक अध्यक्ष नरेश राई, सचिव यूगेन लेप्चा उपस्थित थिए भने सभामा विभिन्न (PACS) का समस्त कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। आउँदो D.D.C.C.B को बोर्ड अफ डाइरक्टरेटको चुनाव बारे आफ्नो मत, सुझाउ राख्दै केही प्रस्तावहरू पनि पारित गरिएको छ। उक्त सभामा आउँदो चुनावमा १४ जना उम्मेदवारहरू दार्जीलिङ अनि कालेबुङ क्षेत्रका बिभिन्न सहकारी संस्थाहरूबाट नामाङ्कन भरिएकाहरूलाई समर्थत र शुभेक्षा प्रदान पनि गरेका थिए साथै योग्य उम्मेदवारहरुलाई जिताएर D.D.C.C.B को कार्यकारीणी समितिमा पठाउने निर्णय पनि गरियो। ताकि भविष्यमा ती समितिले (PACS) अन्तर्गत कर्मचारी बर्गको निम्ति मान दानलाई बढोत्तरी अनि प्राथामिकता दिँदै तल्लो स्तरसम्म पुगेको सहकारी संस्थाहरूका पुन: उत्थान गराइदिन हुन्छ भनि आशा साँचेको प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठन कालेबुङका को – अडिनेटर महेन्द्र राईले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।
योग्य उम्मेद्वारलाई D.D.C.C.B समितिमा पठाउने
- Post author:admin
- Post published:August 26, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: Kalimpong