Demand that priority
Demand that priority

स्थानीय शिल्पकार तथा मजदुरहरूलाई प्राथमिकता दिइन पर्ने माग

Share this news

धजे बस्ती शिल्पकार एवं मजदुर संगठनले आइतबार आफ्नो सांगठनिक सभा आयोजन गरेको थियो। सभामा संगठनका अध्यक्ष बुद्ध राई, महासचिव नित्यम शिरेलसहित सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा विशेषगरी क्षेत्रमा शिल्पकारिता र अन्य मजदुरी कार्यलाई कसरी संगठित ढंगले अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो। यस क्रममा संगठनका मिडिया प्रभारी देवराज भित्रिकोटीले स्थानीय शिल्पकार तथा मजदुरलाई प्राथमिकता नदिएर बाहिराबाट श्रमिक ल्याइनु आर्थिक र सामाजिक दृष्टिले क्षेत्रका लागि प्रतिकूल भएको बताएका थिए। उनले बाहिरबाट आउने प्रवृत्तिका कारण बालबालिकाको अपहरणसमेत बढ्दो अवस्थामा रहेको चिन्ता व्यक्त गरे। संगठनका महासचिव नित्यम शिरेलले आफ्नो सम्बोधनमा स्थानीय रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “यदि कसैले धजे क्षेत्रमा बाहिरबाट शिल्पकार वा मजदुर ल्याउन चाहन्छ भने, पहिले स्थानीय शिल्पकार संगठनलाई जानकारी दिनुपर्नेछ। त्यसपछि मात्र आवश्यक कागजात परीक्षण गरेर काम गर्न दिने व्यवस्था हुनेछ। साथै उनले स्थानीय काम र योजनामा स्थानीय शिल्पकार र श्रमिकलाई प्राथमिकतामा राखेर काम दिने आह्वान गरे। संगठनले सामूहिक एकता र आत्मनिर्भरता मार्फत क्षेत्रको आर्थिक–सामाजिक सुदृढीकरण गर्ने संकल्प व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ