पहाड़, तराई, डुवर्सले स्वीकारे मात्र हामी बीटीआर मोडलको संवैधानिक व्यस्था स्वीकार्नेछौँः विमल गरुङ

Share this news

खरसाङ, (निसं): जबसम्म पहाड़ तराई डुवर्सले बीटीआरको मोडलमा संवैधानिक स्वयत्त व्यस्था स्वीकार गर्दैन तबसम्म गोजमुमोले पनि स्वीकार नगर्ने पार्टी अध्यक्ष विमल गुरुङले बताएका छन्‌‍। तिनले खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको दीर्घकालिन माग छुट्टै राज्य गोर्खाल्याण्ड तथा संवैधानिक व्यवस्था विषय संगोष्ठीमा प्रमुख अतिथिको रुपमा आफ्नो वक्तव्य राख्दै भनेका हुन्‌‍।

तिनले भने, 12 सेप्टेम्बर 2025 को दिन हामीले गृहमन्त्री अमित साहासित दिल्लीमा भेटेका थियौँ। त्यस समय मैले पहाड़को जल्दो-बल्दो 11 जातगोष्ठीको विषयमा गृहमन्त्रीसित कुरा राखेको थिएँ। त्यस समय गृहमन्त्रीलाई 11 जातगोष्ठीले तिनीहरूको माग कहिले पुरा हुन्छ भनेर पर्खिरहेका छन्‌‍। प्रधानमन्त्री नरेन्द्र मोदी सिलगढ़ी अनि बीरपाड़ा आएका समय यी जातगोष्ठीका नाम उच्चारण गर्दै यस दिशामा तत्काल कार्य आरम्भ गरिने बताएका थिए भनी गृहमन्त्रीलाई जनाएको थिएँ। त्यस समय गृहमन्त्रीले बोर्डोल्याण्ड टेरिटोरियल रिजनको मोडलमा काम गरिने प्रस्ताव राख्दै मलाई स्टेक होल्डहरूसित बात गर्ने सल्लाह दिएका थिए। गृहमन्त्रीले त्यस समय 11 जातगोष्ठीलाई जनजाति प्याकेजमा प्राप्त हुने बताएका थिए। मैले फुर्के भएर गृहमन्त्रीको प्रस्तावलाई स्वीगार गरेको होइन। त्यस समय सांसद राजु विष्ट पनि हामीसित थिए तर तिनले यो कुरा भन्न सक्दैनन्‌‍, किन भन्न सक्दैनन्‌‍ म यहाँ भन्न सक्दिन। गृहमन्त्रीले यसरी प्रस्ताव राखेर हामीलाई सल्लाह दिएपछि हामीले यस दिशामा कार्य गरेका हौँ। हामीले यसलाई स्वीकार गरिहालेका छैनौँ। जबसम्म पहाड़, तराई, डुवर्स सम्पूर्णले स्वीकार गर्दैनन्‌‍ हामी स्वीकार गर्ने छैनौँ। 7 अक्टोबर 2025 को दिन मैले पहाड़का सम्पूर्ण राजनीतिक व्यक्तिहरूलाई यो कुरोको लागि अपिल गरेको थिएँ। म प्रधानमन्त्री, गृहमन्त्री चिन्छु, आउ हामी सबै जाउँ भनेको थिएँ। तर विमल गुरुङ र गोजमुमोले भनेको भनेर चासो दिएनन्‌‍।

गुरुङले अझ भने, गोर्खाल्याण्ड राहुल गान्धी, ममता ब्यानर्जीलाई मेगेर हुँदैन। दिल्लीमा बसेकालाई माग्न पर्छ। सबै पार्टी मिलेर एक शब्दा र एउटै चुच्चो भएर जाउँ त तब कस्तो नतिजा हुँदो रहेछ। यहाँ हामीमाझ चर्चानै भएको छैन। आज सबैलाई गोर्खाल्याण्ड चाहेको छ, गोजमुमोलाई मात्र गोर्खाल्याण्ड चाहेको होइन। आगामी दिनमा हामी चौरस्तामा यस विषयमा खुल्ला बहसको आयोजना गर्नेछौँ। तिनले अझ भने, संघर्ष भन्ने कुरो आफूले आफ्नो अंगमा राखेको हुन पर्छ, तब लक्ष्यमा पुग्न सकिन्छ। तिनले यस संगोष्ठीमा आ-आफ्नो विचार प्रकट गरेकोमा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, जातगोष्ठीका प्रतिनिधि अनि चिन्तकहरूलाई धन्यवाद पनि दिए।

गुरुङले क्रामाकपाको आयोजनामा आगामी दिल्लीमा सम्पन्न गरिने धरना-प्रदर्शनमा आफू लगायत पार्टी महासचिव रोशन गिरी, पार्टीको दिल्ली शाखाका प्रतिनिधि अनि पहाड़बाट आफ्नो केही नेतृत्व सामेल रहने पनि बताए।

तिनले खरसाङलाई आफूले हृदयबाटै माया गरेको बताउदै खरसाङले आफूलाई भुलेको गुनासो गर्दै आरोपको साथमा भने, खरसाङलाई म हृदयबाटै माया गर्छु, यो देखावटी माया होइन तर खरसाङले मलाई भुलेको छ। खरसाङ्को ट्राफिक समस्या समाधानलाई मैले पहिलो प्राथमिकता दिँदै यहाँ 5 सय गाड़ी अटाउन सक्ने कार पार्किङ्को निर्माण गरेँ। अहिले त्यो ड्रक्सको अड्डा भएको छ। चिम्नीको अल्टरनेटिभ बाटो फरेष्टलाई काट्दै निर्माण गऱ्यौँ, त्यो बाटो घुमसम्म निर्माण गर्ने हाम्रो योजना थियो। गिद्धे पहाड़देखि रोहिणीसम्म रोपवेको निम्ति 10 करोड़ रुपियाँको सम्झौता भएको थियो। 6 करोड़ हामीले जारी गरिदियौँ र त्यति काम भएको छ। अहिलेकाहरूले रहल 4 करोड़ जारी गर्न सकेनन्‌‍। जंगपाना जानलाई साह्रो गाह्रो देख्यौँ, ब्रिज निर्माण गरिदियौँ, त्यही ब्रिजमा बंगाल सरकारसित बातचीत गरियो। मलाई दाजु तपाई केही समयको निम्ति अण्डर ग्राउण्ड हुनु होस, तपाईको निम्ति 13 सुटरहरू झिकाइएको छ, तपाईँ बाँच्न पर्छ भनियो। त्यसपछि म साढ़े 3 वर्ष पलायन हुन पऱ्यो। मलाई यहाँ होटल, रिसोर्ट, होमस्टे बनाउन छैन, सिलगढ़ी, नेपालमा घर बनाउनु छैन, मलाई यो जातिको निम्ति गोर्खाल्याण्ड बनाउनु छ।

विमल गुरुङले हामीले हाम्रो समयमा संघर्ष गऱ्यौँ अबको समय युवाहरूको हो, हामी त अभिभावक हौँ। अब युवाहरू अघि आउन पर्छ भनी अह्वान गर्दै भने, अब गाउँ-गाउँबाट युवाहरू अघि आउन पर्छ, अब युवाहरू उठ्न पर्छ, सुतिरहनु हुँदैन। अब पत्याएनन्‌‍ भने युवा जमातलाई लगेर दिल्ली जानेछु। मेरो छातीमा गोली लागेको छ, मेरो दाज्युलाई मारियो। म गोर्खाल्याण्डको निम्ति संघर्ष गर्ने व्यक्ति हो, मैले मेरो शीरको टोपीलाई बन्दकी राखेको छुइन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ