बोनस 20% पाउने भएपछि हर्ष प्रकट

यसवर्ष चियाकमानमा कार्यरत चियाश्रमिकहरूलाई बीस प्रतिशतले बाेनस वितरण गरिने निर्णय भएपछि भागाेप्रमाेकाे श्रमिक संगठन हिल्स तराई डुवर्स प्लान्टेसन लेबर युनियन मिरिक महकुमा समितिले हर्ष प्रकट गरेको छ। यसको लागि युनियनले गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि राज्यका श्रम मन्त्री मोलेय घटकप्रति आभार प्रकट गरेको छ। युनियनका मिरिक महकुमा समिति अध्यक्ष राेदन छेत्रीले उक्त विषयमा आभार प्रकट गर्दै विगत बर्ष झैं यसवर्ष चिया श्रमिकहरू आफ्नाे हक र अधिकार बाेनसकाे लागि सडकमा निस्किनु पर्दैन। याे असल कार्य भएकाे छ भन्दै अनित थापाकाे सक्रिय पहलमा नै यसवर्ष चिया श्रमिकहरूले बीस प्रतिशत बाेनस पाउने भएको बताए।

Leave a Reply