ईडेन धाम गुरुदेवको पुण्य तिथिमा रक्तदान शिविर

Share this news

दार्जीलिङ, 8 जुलाई (निस): दार्जीलिङको प्रसिद्ध धार्मिक स्थलहरू मध्ये शहरीकरण शहरवीचको ईडेन धाम पनि धेरै पुरानो अनि प्रशिद्ध धार्मिक स्थल हो। ईडेन धामले आफ्नो स्थापना कालदेखि नै आध्यात्मिक कार्यक्रम लगायत अन्य विभिन्न जनसेवामाथि आधारित कार्यक्रमहरु पनि गर्दै आइरहेको छ। आज यसै सन्दर्भमा गरिएको रक्तदान शिविर ईडेन धाम संस्थापक ब्रह्मलिन गुरुदेव श्री श्री एलबी लमजेल को 15औं महाप्रयान तथा पुण्य तिथिलाई स्मरण गर्दै ईडेन धाम सञ्चालन समिति दार्जीलिङ  तथा दार्जीलिङ जिल्ला अस्पतालको  संयुक्त आयोजनामा रक्तदान शिविरको आयोजना गर्‍यो।
उक्त रक्तदान शिविरमा धेरै रक्तदाताहरूले स्वेच्छापूर्वक रक्तदान गरेका छन्। आजको यस जनसेवामाथी आधारित कार्यक्रमलाई सम्बोधनमा राख्दै सर्वप्रथम ईडेन धाम दार्जीलिङका माताजी सरिता जमजेलले सम्पूर्ण भक्तजनहरू लगायत यस जनसेवाका कार्यक्रममा लागिपरेका सम्पूर्ण  स्वयंसेवीहरुलाई माताको आशिष अनि आशीर्वाद सधैंभरि रहनेछ भन्ने बताउँदै सबैलाई शुभकामना व्यक्त गरे।
यसपछि कार्यक्रममा उपस्थित माँ शक्ति धामका गुरुजी डाक्टर दिवास्कर क्षेत्री, माँ युनिक धामका गुरुजीद्वारा सम्पूर्ण आयोजक समितिका प्रतिनिधि लगायत रक्तदाताहरूलाई अनि जति पनि सहयोगी व्यक्ति विशेषहरू रहेको छ उनीहरु सबैलाई शुभकामना अनि बधाई टक्राए।
आजको रक्तदान शिविरमा जति पनि रक्तदाताहरूले स्वेच्छापूर्वक रक्तदान गरेका छन् यसै कार्यक्रम बीच उनीहरूलाई अध्यक्ष नन्द कुमार लमजेलको बाहुलीबाट प्रमाण-पत्र अनि रक्तदान कार्ड वितरण गरिएको छ। ईडेन धाम पूजा सञ्चालन समितिका सचिव गौतम सुन्दासद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा धेरै भक्तजनहरूको उपस्थिति रहेको थियो भने यसै जनसेवा माथि आधारित कार्यक्रमलाई सम्बोधनमा राख्दै सचिव सुन्दासले इरेनधाम दार्जीलिङले आज पर्यन्त गर्दै आएका आध्यात्मिक पर्वहरू ईडेन धाम दार्जीलिङको के कस्तो रहेको छ , धामले वार्षिकी तौरमा के कस्ता कार्यहरू गर्दै आइरहेको छ अनि आगामी दिनमा के कस्ता कार्यक्रमहरू रहनेछ यस विषयबारे विस्तृत रुपमा प्रकाश पार्दै आजको रक्तदान शिविरमा जति पनि रक्तदाताहरुले रक्तदान गरेका छन् उनीहरू सबैलाई आयोजक समितिको तर्फबाट आभार व्यक्त गरेका छन्। यसको साथ साथै ईडेन धाम दार्जीलिङले आफ्नो स्थापना कालदेखि नै जनसेवामाथि समर्पित धेरै कार्यक्रमहरू गर्दै आइरहेको बताएका छन्। यसको साथसाथै सचिव सुन्दासले दार्जीलिङ जिल्ला अस्पतालका डाक्टर अनि नर्स लगायत कार्यक्रममा उपस्थित अस्पतालका प्रतिनिधि वर्गप्रति धामको तर्फबाट अन्तर हृदयबाट आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्। यसको साथसाथै रक्तदाताहरूलाई वितरण गरिएको कार्डमाथि पनि विशेष जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन