दार्जीलिङ,22 नोभेम्बर(निसं): भाजपा युवा मोर्चाका अध्यक्ष निरज बान्तावा राईले दार्जीलिङ जिल्ला अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिनको बारेमा मिडियालाई सम्बोधन गर्दै यसबारे जानकारी दिए अनुसार, दार्जिलिङ जिल्ला अस्पतालम भएको एमआरआई स्क्यान मेसिन लामो समयदेखि बिग्रिएको र सञ्चालनमा नआएको छ र जसका कारण आम जनताले समस्या भोग्नु परेको छ। उनीहरूले अनुमान लगाए भनेका छन् , दार्जीलिङ जिल्ला अस्पतालको एमआरआई मशिन कसरी बारम्बार बिग्रन्छ जबकि उत्तर बंगाल मेडिकल कलेजको एमआरआई स्क्यान मेसिन दैनिक प्रयोग पछि पनि सहज रूपमा चल्छ। यस सम्बन्धमा उनीहरूले पहल र खोजी गर्नेछन् यदी यस एमआरआई मशिन बन्द हुनु कसैको निजि स्वार्थ छ भनी उनीहरू विरुद्ध कानुनी कार्वाही गर्नेछौं भनी भाजपा युवा मोर्चाका अध्यक्ष निरज बान्तावा राईले भनेका छन्।












