Bharat Tamang BJP criticism Darjeeling
Bharat Tamang BJP criticism Darjeeling

बीजेपीले झूटो राजनीति गरेर जनतालाई दिग्भ्रमित गर्दैछ -भरत तामाङ

Share this news

“के मंगलसिंह राजपूत, निता खवास जस्ता शहीदहरुले बंगालभित्रको ब्यावस्थाको निम्ति आफ्नो प्राणको आहुति दिएका थिए ? यदि होइन भने अमित शाहले बंगालभित्रको ब्यवस्थाको कुरा गर्दा बिमल गुरूङ्ग किन चुप छन् ? ब्यवस्था नै चाहिएको हो भने आन्दोलन किन गरेको ?” इन्डियन गोर्खा जनशक्ति फ्रन्टका नेता भरत तामाङले बीजेपी समर्थित गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङलाई ठाडो प्रश्न गरे।

भरत तामाङले सत्ता पक्षको अव्यवस्थामाथि पनि विभिन्न समयमा प्रश्न उठाउँदै आइरहेका छन्। यसभन्दा अघि पनि भरत तामाङले रेजा राईको परिवारले न्याय नपाए हामी कुनै पनि हदसम्म जान तयार रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पूल विजनबारी क्षेत्रका अध्यक्ष भरत तामाङले बताएका छन।गत 4 अक्टोबर 2025 को आएको विनाशकारी पैह्रोले दार्जीलिङ पहाड लगायत तराई आदि क्षेत्रहरूमा धेरै धन जनको नोक्सान पूराएका छ।त्यही पैह्रोको चपेटमा परेर सोम तकभर समष्टि अन्तर्गत सोम चिया बगानको सोम दोस्रो विभाग गैरी गाउँ निवासी रेजा राईको मृत्यु भएको थियो अनि रेजा राईको वृद्ध आमा घाइते भएका थिए।स्व0 रेजा राईको परिवारको नाममा उनकी वृद्ध आमा मात्र हुनु हुन्छ।रेजा राईकी वृद्ध आमाले न्याय पाउनै पर्छ भन्ने तामाङले बताए।गत 4 अक्टोबरको पैह्रोले रेजा राईको घर पूर्ण रूपमा क्षति ग्रस्त बनाएका थिए अनि त्यही पैह्रोको चपेटमा उनले ज्यान गुमाएको हो अनि त्यही पैह्रोको चपेटमा परेर उनकी वृद्ध आमा घाइते भएकी थिइन अहिले उनी लाठीको साहारामा छिन।पैह्रो ज्यान गुमाउनेको परिवारहरूलाई सरकारले पाँच लाख रूपियाँ र होम गार्डको नोकारी दिने वाचा गरेको थियो अनि त्यो पाई सकेका छन अनि पैह्रो पिडित परिवारहरूलाई पूनर्बासको निम्ति जमीन दिने कुरा पनि भएको थियो तर रेजा राईको परिवारले घर बनाउने जमीन आजसम्म पाएको छैन।

गत दिन सोम चिया बगानले रेजा राईकी वृद्ध आमालाई मेरो घर अघितिर घर बनाउने जमीन दिने कुरा भएको थियो।गोजमुमो प्रमुख विमल गुरूङले पनि सोम चिया बगानको प्रबन्धकहरूसंग बैठक गरेर जमीन वितरण गर्ने काम भएको हो।सोम चिया बगानको प्रायः सबैलाई जानकारी भएकै कुरा हो मेरो घर अघितिरको जमीन स्व0 रेजा राईको आमा लगायत अन्य पैह्रो पीडितहरूलाई दिएको हो तर रेजा राईको आमाले पाएको जमीन हराएको भरत तामाङले बताए।रेजा राईको आमाको जमीन खै,रेजा राईको आमाले घर कहाँ बनाउनु पर्ने?सुन्नमा आए अनुसार रेजा राईको आमालाई सोम चिया बगानको डाँडा गाउँको जमीनमा घर जमीन दिएका थिए अनि रेजा राईको आमाले घर निर्माण गर्नलाई त्यहाँ ढुंगा,बालुवा लिएर जम्मा गर्ने काम शुरू गर्दै थिए तर त्यहाँ पनि बगानको प्रबन्धकले घर निर्माणको कार्यलाई बन्द गराएको छ।सोम चिया बगानको प्रबन्धकले रेजा राईको आमालाई घर निर्माण गर्न किन दिएको छैन?झमेला गर्न खोजेको हो??पैह्रो पीडितले न्याय पाएन भने पक्का झमेला हुनेछ भरत तामाङले बताए।मैले बगानको प्रबन्धकसंग धेरै पटक बात गर्दै आएको हो,अहिले घरी चियापत्तीको समय भएको हुनाले बातचित गर्ने उनीहरूसंग समय छैन भन्दैछ।

म भन्छु बर्खा लाग्यो,पानी पर्न अघि रेजा राईको आमाले घर पाउँछ की पाउदैन?यसको जवाफ प्रबन्धकले दिनु पर्छ।रेजा राईको घर 4 अक्टोबर 2025 को पैह्रो भन्दा अघि पनि पैह्रो सोरेर लगेको हो,त्यस समय पनि हामीले बगानको प्रबन्धकलाई रेजा राईलाई घर निर्माण गर्ने जमीन दिने माग गरेका थियौ तर जमीन नदिँदा उनीहरू पूनः त्यही जमीनमा घर निर्माण गरेर बसेका थिए अनि 4 अक्टोबर 2025 को पैह्रोले रेजा राईको घर क्षति ग्रस्त बनाएको हो अनि त्यही पैह्रोको चपेटमा परेर रेजा राईको मृत्यु भएको हो अनि उनकी वृद्ध आमा गम्भीर घाइते भएका थिए।त्यस समय मैले बगानको प्रबन्धकलाई फोन गरेर रेजा राई दुर्घटना परेर मरेको होइन मर्डर हो भनेर भनेको थिए भरत तामाङले बताए।बगानको प्रबन्धकहरूले बगानमा मजदुरहरूलाई बस्ने सानो जमीन दिनु सक्नु हुन्न?हामी हेर्दैछौ बगानको प्रबन्धकहरूले बगानको हजार हजार चियाको गाँछहरू उखेलेर रिसोर्टहरूको निर्माण गर्दैछ,मोज मस्तीको जग्गा बनाउनु हुँदैछ,पैसा कमाउने जग्गा बनाउनु हुदैछ तर एउटा पैह्रो पीडितले आफ्नो प्राण गुमाउदा समेत उसले घर निर्माण गर्नलाई घडेरी समेत दिनु नसक्नु यो कस्तो विडम्बना हो??यस्तो अन्याय हामी सहने छैनौ भन्दै भरत तामाङले चेतावनी दिएका छन।रेजा राईको वृद्ध आमाको विषय लिएर जिल्लाधिकारीसम्म कुरा उठाउने भरत तामाङले जानकारी गराउदै अन्याय र अत्यचारले सीमा नाघे क्रान्ति आउँछ यो कुरा बुझ्नपर्छ होसियार बस्नुहोस।

आफुसंग एक एक जनाको रिकर्ड रहेको भरत तामाङले बताउदै चेताउनी दिएका छन।रेजा राईको घर 4 अक्टोबरको घटना अघि पनि पैह्रोले ग्रस्त बनाएको हो,बगानले जमीन नदिँदा त्यही स्थानमा घर बनाएर बस्दै आएका थिए अनि पैह्रोको चपेटमा उनले ज्यान गुमाएको हो।रेजा राईको आमालाई बगानले घर निर्माण गर्ने जमीन दिएको छैन अनि उनले भन्दैछिन झट्ट भन्दा झट्ट जमीन नदिएको खण्डमा त्यही ठाउँमा घर निर्माण गर्छु भन्दैछ अनि मरे पनि मरोस भन्दैछिन।भोलीको दिनमा रेजा राईको आमा केही भए त्यसको जिम्मेवार अहिले जमीनलाई लिएर राजनीति गर्नेहरू नै हुनेछ।हामी चूप लागेर बस्यो भन्दैमा हद पार गर्ने काम नगरोस भन्दै भरत तामाङले चेतावनी दिए।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ