Binay Tamang Statement Darjeeling
Binay Tamang Statement Darjeeling

बन्दना राईमाथिको प्राणघातक हमलाको बिनय तामाङद्वारा घोर भर्त्सना

Share this news

२४-खरसाङ विधानसभा क्षेत्रकी उम्मेदवार सुश्री बन्दना राईको चुनावी काफिलामाथि प्रचार-प्रसारको क्रममा केही व्यक्तिहरूद्वारा धारिलो हतियार प्रयोग गरी जुन किसिमको सांगघातिक प्रहार गरियो त्यसको म कडा शब्दमा विरोध एवं घोर भर्त्सना गर्दछु। लोकतन्त्रको उत्सव मानिने निर्वाचनको समयमा एक महिला उम्मेदवारमाथि यसरी भौतिक आक्रमण हुनुले हाम्रो समाज र राजनैतिक संस्कारलाई लज्जित तुल्याएको छ। यस्ता डर र त्रासको राजनीतिले लोकतान्त्रिक मुल्य-मान्यतालाई कमजोर बनाउँदछ । विचारको लडाइँलाई हतियारको बलमा दबाउन खोज्नु कायरताको पराकाष्ठा हो।

यस दुखद घटनामा म प्रशासनसँग निम्न मागहरू राख्दछु:

himalaya darpan today news

१. यस घटनामा संलग्न दोषीहरूलाई निष्पक्ष जाँच गरी कडाभन्दा कडा कानुनी कारबाही गरियोस् ;

२.निर्वाचनको समयमा उम्मेदवार र जनताको सुरक्षाको पूर्ण ग्यारेन्टी गरियोस् ;

३.चुनावलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक कदम चालियोस्।

अन्त्यमा, म सम्पुर्ण राजनैतिक दलहरूलाई, नेतृत्वहरूलाई अनि कार्यकर्ताहरूलाई धैर्य धारण गर्न र यस्ता हिंसात्मक गतिविधिबाट विचलित नभई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन अपिल गर्दछु।

Share this news
आजको रोजाइ
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरबाट उपकरण ढुवानी गरिने

छोटा टिङलिङ–खोप्रेल सडक जीर्ण बन्दै, जोखिमपूर्ण यात्राले स्थानीय चिन्तित

रेलवे निष्कासन सुनुवाइ: सिलगढीका बासिन्दालाई कटिहार जानुपर्ने बाध्यता हट्यो, स्थानीयस्तरमै सुनुवाइ हुने आश्वासन

फुलबारीमा बिरामी छोरीलाई भेट्न जाँदै गर्दा सडक दुर्घटनामा एक पुरुषको मृत्यु

चार दिने बजेट सत्र सफलतापूर्वक सम्पन्न, निर्णयले सिक्किमको समृद्धि र समावेशी विकासलाई गति दिने : मुख्यमन्त्री प्रेमसिंह गोले

विश्व ब्याडमिन्टन च्याम्पियनसिप २०२६ को कोर कमिटीमा सिक्किमका सुकान्त दास मनोनित

नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन सञ्चारमन्त्रीको नीतिगत पहल

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा डा. देवेन्द्रराज पाण्डेको निधनमा समवेदना, ‘लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहने’

उत्तर सिक्किमका उच्च जोखिमयुक्त हिमतालहरूको वैज्ञानिक अध्ययन सुरु, विपद् जोखिम न्यूनीकरणमा जोड

गेजिङमा SIR-२०२६ का लागि राजनीतिक दलहरूसँग साप्ताहिक समन्वय बैठक सुरु