Bimal Gurung campaign Darjeeling
Bimal Gurung campaign Darjeeling

बिमल गुरुङको जनसपर्क अभियान चुङथुङ, मारेबुङ तामसाङ समष्टिमा

Share this news

गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष बिमल गुरुङले दार्जीलिङ बिधान सभा क्षेत्रका समष्टिहरूमा आफ्नो जनसमर्थकहरूलाई भेटघाट गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै चुङथुङ, मारेबुङ, तामसाङ समष्ठि अन्तर्गत मेम चिया कमानको स्थलगत भ्रमण गरि स्थानीय आफ्नो समर्थकहरू संग भेटघाट गरेका छन्। वर्तमान चिया कमानहरूमा हाम्रो चिया श्रमिकहरुले भोग्न परिरहेको समस्याहरू, हप्ता दिनभरि रूझीभिजी काम गरे तापनि कामको ज्याला खर्च सठीक समयमा नपाएको जनगुनासो, कतिपय चिया कमानहरू घरि घरि बन्द हुने गरेकोले हाम्रो चिया श्रमिकहरुलको भविष्य कतै सुरक्षित छैन भन्ने जनगुनासो पोख्छन् चिया श्रमिकहरु।

गोर्खा जनमुक्ति मोर्चा अनि बिमल गुरूङको समयमा चिया कमानवासी अनि श्रमिकहरुले यस्तो दुःख कहिले झेलेका थिएनन्, यसैले अब फेरि यो दार्जीलिङ पहाडमा बिमल गुरुङलाई नै ल्याउन पर्छ, गोजमुमो नै सत्तामा आउनु पर्छ भन्छन् श्रमिकहरू । अर्कोतिर यसअअघि मोर्चाका केन्द्रिय अध्यक्ष बिमल गुरुङले दार्जीलिङ बिधान सभा क्षेत्रका समष्टिहरूमा आफ्नो जनसमर्थकहरूलाई भेटघाट गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै लेबुङ बदमताम समष्टि अन्तर्गतका तल्लो हरसिंगदेखि बेनेकबर्न चिया कमान हुँदै रात्रिको समयमा पनि गींग गेलोङटार साथै धर्मशालाको भ्रमण गरेका थिए।

यो जनसम्पर्क अभियानमा मोर्चा केन्द्रिय अध्यक्षको साथमा लेबुङ बदमतामबाट बदमताम पञ्चायत क्षेत्रका निर्वाचित समिति सदस्य दिनेश राई, गोजयुमो केन्द्रिय सदस्य जितेन तामाङ साथै समष्टिबाट सुवास प्रधान, प्रमोद छेत्री, अनिल राई आदिको सहभागिता रहेको थियो। दुर्गम क्षेत्रका मानिसहरूको विविध समस्याहरू, मोर्चा समर्थकहरू संगको माया सबैभन्दा महत्वपूर्ण २०१७ मा गोर्खाल्यान्डको जनआन्दोलनमा जनताले भोगेका पीडा अनि संघर्षलाई केही जातीय गद्दारहरूले बेचिदिए भन्ने गुनासोहरू जनताको मुखबाट सुन्दा मोर्चा केन्द्रिय अध्यक्ष भावुक पनि देखिएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ