भानुभक्त आचार्य, रविन्द्रनाथ टेगोर अनि तुलसीदास जयन्ती पालन 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): सोमबार, दार्जीलिङको श्री रामकृष्ण बीटी महाविद्यालयमा नेपाली, बंगला र हिन्दी साहित्यका कविहरू भानुभक्त आचार्य, गोस्वामी तुलसीदास र रविन्द्रनाथ टेगोरलाई स्मरण गर्दै सामुहिक भव्यतासाथ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम दुई चरणमा भएको कार्यक्रमको प्रमुख अतिथि महाविद्यालयका प्रशासनिक सदस्य एनबी खवास, महाविद्यालयका टिचर-इन्-चार्ज लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, आनन्द दास, श्रीवर्ण मण्डल, डा. प्रियङ्काकुमारी दुवे, डा. मौसुमी सकार, भूपाल सिङ्गौरे, बन्दना गुरुङ, सलोनी मोक्तान, कुमार तामाङसहित अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थियो। कार्यक्रमको थालनीमा आदिकवि भानुभक्त आचार्य, तुलसीदास, रविन्द्रनाथ टेगोरका छायाँछविमा मालार्पणसहित दीप प्रज्वलन गरेका थिए। यसपछि क्रमश: तीन कविहरूका परिचयसहित रामायण पाठ, टेगोरको गीत र तुलसीदासका कविताहरू प्रशिक्षार्थीहरूले प्रस्तुत गरेका थिए।कार्यक्रमको उत्तरार्द्धमा  प्रशिक्षार्थीहरूमाझ सांस्कृतिक पाकवान, गायन, र्‍यम्प वक, नृत्य र कविता प्रतियोगिता भएको थियो। जसका निर्णायकहरू महाविद्यालयका उपस्थित प्राध्यापिक-प्राध्यापिकाहरूले क्रमबद्धरुपमा गरेका थिए। कार्यक्रमको अन्ततिर टिचर-इन्-चार्ज लोचन थापाले तीन विभूतिहरूका योगदानको औचित्य बुझाउँदै प्रशिक्षार्थीहरूमा कलाको विकासका लागि नै विविध प्रतियोगिताको आयोजना गरेका हौ भन्ने सम्बोधन राखे। अन्तमा प्राध्यापिका बन्दना गुरुङले प्रतियोगिताको फलाफल घोषणा गरिन् भने टिचर-इन-चार्ज लोचन थापा र प्रमुख अतिथि एन. बी. खवासको बाहुलबाट पुस्कार वितरण गरे। कार्यक्रमको पूर्वाद्धमा प्रशिक्षार्थीद्वय अमरकृति राई र मोना गुरुङ अनि उत्तरार्द्धमा केवल सिञ्चुरी र चाँदनी प्रधानद्वयले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ