नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगमी १३ जुलाईको दिन गत वर्षहरुमा झैं दुई सत्रमा भानु जयन्ती सम्पन्न गर्ने निश्चय गरेको छ । प्रथम सत्र बिहान 8:30 बजी भानु सरणी,चौरस्तामा वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, दिल्लीका पूर्व सदस्य सीताराम काफ्लेको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताकासाथ सम्पन्न हुनेछ। यस अवसरमा सर्वप्रथम पण्डित मोतीलाल ब्राह्मणबाट वेद मन्त्रोच्चारणकासाथ रामायण पाठ प्रस्तुत हुनेछ।‌यसपछि उपस्थित सम्पूर्ण महानुभावर्ग, विभिन्न संघसंस्था, दर्शकगण साथै विद्यार्थीहरुबाट भानुभक्त आचार्यका सालिकमा माल्यार्पण भए पश्चात् मूल सचिव महेन्द्रकुमार प्रधानले स्वागत् भाषण प्रस्तुत गर्नेछन्, त्यसपछि अखिल भारतीय हितकारी संघ, केन्द्रीय समिति,‌ भजन मण्डलीका सदस्यहरूबाट खैंजड़ी नृत्य प्रस्तुत हुनेछ। यसपछि, विभिन्न शैक्षिक संस्थानका विद्यार्थीवर्गबाट रामायण पाठ र खुल्ला कविता गोष्ठी आयोजन हुने भएको छ भनी सम्मेलनबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा जनाइए अनुसार, अन्त्यमा, प्रमुख अतिथिबाट सम्भाषण प्रस्तुत भएपछि अध्यक्षीय सम्बोधनकासाथ धन्यवाद ज्ञापन पछि शतवार्षिकी वर्षको 211औं भानुजयन्ती समारोहको प्रथमार्द्ध कार्यक्रम समापन हुनेछ। उत्तरार्धको कार्यक्रम सम्मेलनको सूधपा सभागृहमा 12:30 बजी अपराह्न वरिष्ठ कविवर टेकध्वज जिम्बा ‘आशा’ को प्रमुख आतिथ्यतामा एवंरीतले वेदमन्त्र पाठ, सरस्वती बन्दना, स्वागत् भाषण, रामायण पाठ, बाल साहित्यकार डा.‌ साङमू लेप्चाप्रति सम्मान संवर्द्धना अर्पण गरिनेछ। त्यसपछि, केही कविहरूबाट कविता वाचन भएपछि प्रमुख अतिथिको सम्भाषण प्रस्तुत हुनेछ अनि अध्यक्षीय सम्बोधनकासाथ धन्यवाद ज्ञापन भएपछि शतवार्षिकी वर्षको भानुजयन्ती समारोह समापन हुनेछ।अतः उक्त दुवै स्थानको कार्यक्रममा सम्मेलनका सदस्यवर्ग, असदस्यगण, भाषा-साहित्य प्रेमी, शुभचिन्तकगण, समाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, विभिन्न व्यवसायी,‌ संघसंस्थाका प्रतिनिधिगण सबैलाई आ-आफ्नो उपस्थिति दिनु भएर कार्यक्रमलाई शोभायमान तुल्याई दिनहुन नम्र निवेदन गरी सम्मेलनबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ