गोर्खा जनपुस्तकालयद्वारा भानु जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने

Share this news

गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा यसपाली आदि कवि भानुभक्त आचार्यको जन्म जयन्तीमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने भएको छ। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले बिहीबार खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै यसपाली पुस्तकालयको आयोजनामा 112 औं आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती पालनसितै खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई लिएर अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्। उनले यसको लागि विभिन्न विद्यालयहरुबाट अनलाइन आएको अडियोको आधारमा सातवटा विद्यालयहरु छनौट गरिएको बताएका छन्। उनले खरसाङमा आयोजित भानु जयन्ती अन्तर्गत बिहान 10 बजी खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम आयोजना गरिने र 11 बजीदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्। यसको साथै आदि कवि भानुभक्त आचार्यको फुटकर कविताहरु वाचन पनि गरिने भएको जानकारी गराएका छन्। उनले यसपालीको भानु जयन्ती समारोहमा मुख्य अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्रध्यापक मेघनाथ छेत्री उपस्थित रहने जानकारी गराएका छन्। मूल सचिव विनोद रसाइलीले जानकारी गराए अनुसार यसपाली खरसाङमा भानु जयन्ती समारोहमा हुने अन्तर विद्यालय रामायण पाठ प्रतियोगिताको लागि सातवटा विद्यालयहरु छनौट भएका छन्। ती सातवटा विद्यालयहरुमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय र पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालय आदि रहेका छन्। यस अन्तर विद्यालय रामायण पाठ प्रतियोगिताकमा प्रथम हुने विद्यालयलाई पीएल धमला स्मृति पुरस्कार प्रदान गरिने भएको जानकारी पनि सचिव विनोद रसाइलीले गराएका छन्। उनले यसपालीको भानु जयन्ती कार्यक्रममा खरसाङ क्षेत्रका कलेज, विभिन्न विद्यालयहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, गोर्खा जनपुस्तकालय खरसाङको सदस्य-सदस्याहरु सबैलाई पत्रचार गरिएको र सबैलाई कार्यक्रममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ