पहाड़़को तीन आसानमा भोगोप्रमोको जीत निश्चितः अमर लामा

Share this news

खरसाङ, (सुवास छेत्री): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(भागोप्रमो) महासचिव तथा यसपल्टको सम्भावित खरसाङ विधानसभा समष्टिको निम्ति भागोप्रमो उम्मेदवार अमर लामाले यसपालीको विधानसभा चुनाउमा भागोप्रमोले पहाड़को तीनै वटा आशनमा विजयी प्रप्त गर्ने दावी गरेका छन्‌‍।

शनिवार एक भेटको क्रममा तिनले यसपल्ट पार्टीले तिनलाई खरसाङबाट नै उठाउने निर्णय लिएको कुरालाई स्वीकार गर्दै पार्टीको आदेशलाई शिरोपर गर्दै अबको समय यहाँका प्रत्येक शाखा-प्रशाखा तथा बुथ स्तरतिर गएर साङ्गठनिक ढाँचाहरू तयार गर्न समय खर्च गर्ने बताए। लामाले विगत डेढ़ महिनाअघिदेखि खरसाङ क्षेत्रमा सांगठनिक कार्यहरू गरिरहेको अवगत गराउँदै प्रत्येक समष्टिहरूको भ्रमण गरिरहेको पनि जनाए। तिनले भने-पहाड़मा शान्ति र विकासको क्षेत्रमा काम गरिरहेका भागोप्रमो पार्टी अनि यसका अध्यक्ष अनित थापालाई हेरेर पनि यसपल्ट पहाड़को तीनैवटा सिटमा भागोप्रमोको जीत निश्चित रहेको छ। साङ्गठनिक रूपमा हेर्दा पहाड़मा सबैभन्दा दह्रिलो पार्टी भनेको भागोप्रमो हो। हाम्रो 45 वटै समष्टिमा बुथ स्तरीय कमिटीहरू छन्‌‍ औ पहाड़का अधिकांश पञ्चायत सीट अनि जीटीए तथा नगरपालिकामा यसै पार्टीको बोर्ड छ। त्यसर्थ साङ्गठनिक रूपमा हामी दह्रिलो छौँ अनि यसपालीको चुनाउ पनि हामी अवश्य जित्छौँ।

विपक्षी दलकाहरूले खरसङ्मा दार्जीलिङ्कालाई ल्याएर खड़ा गरेको भन्ने सन्दर्भबारे जनाउँदै विगतमा अन्य राज्यबाट कहिल्यै नदेखिएका व्यक्तिहरूलाई ल्याएर उठाइएको तथा उनीहरूले जितेर पनि गएको जनाउँदै लामाले यसबारे त्यस्तो कुनै प्रतिक्रिया दिने आवश्यकता नरहेको बताए। भाजपाबारे जनाउँदै लामाले यस दलले आफू केन्द्रमा सत्तासीन हुँदाहुँदै पनि पहाड़को निम्ति केही नगरेको जनाउँदै यदि चाहेको भए भाजपा सरकारले पहाड़का एघार जात गोष्ठीलाई पहिल्यै नै जनजातिको दर्जा प्रदान गरिसक्ने थिए भन्दै यो दल अनि केन्द्र सरकार पहाड अनि पहाड़वासीप्रति त्यस्तो गम्भीर नरहेको बताए। तिनले अब जनता सचेत हुनुपर्छ भन्दै यसपल्ट भावनामा बगेर होइन तर यथार्थलाई हेरेर क्षेत्रियतालाई बचाउन भोट हाल्नुपर्छ भनी आह्वान गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ