आगामी विधानसभा चुनाउ अघि गोर्खा समस्या समाधानको सम्भावना

Share this news

खरसाङ,  (निसं): केन्द्र सरकारले पहाड़, तराई, डुवर्सको समस्या समाधानको निम्ति भनेर इन्टरलोक्युटर नियुक्त गरेको खबर प्रकाशमा आएको तीन महिना पुरा भइसकेको छ, वर्तमानसम्म इन्यरलोक्युटर पहाड़ आएका छैनन्‌‍। दिल्लीमा इन्यरलोक्युटरको कार्यलय खोलिएको खबर पनि प्रकाशमा आइसकेको छ। तथापि अहिले इन्टरलोक्युटरले के गर्दैछन्‌‍ अथवा के-कति कार्य गरे भन्ने विषयमा जनसाधरण अनभिज्ञ छन्‌‍। इन्यरलोक्युटर पहाड़ आउने कुरोमा भने पहाड़का भाजपा गठबन्धन दलका नेतृत्वहरू आशावादी छन्‌‍।

आगामी अप्रेल वा मई महिनामा राज्यमा विधानसभा चुनाउ हुने सम्भावना प्रबल छ। वर्तमानमा राज्यका राष्ट्रिय अनि क्षेत्रीय दलहरूले चुनावी कसरत आरम्भ गरिसकेका छन्‌‍। भाजपाले यस पल्ट बहुमत ल्याएर पश्चिम बंगालमा सरकार गठन गर्ने सपना देखिरहेको छ भने सत्तारुढ़ तृणमूल चौथो पल्ट राज्यमा सरकार बनाउनको निम्ति प्रयासरत छ। भाजपाले राज्यमा सरकार गठन गर्ने प्रयास गरिरहेको अवस्थमा पहाड़ र गोर्खाको मुद्दाले महत्व पाउने कुरोलाई त्यति पत्याउदैनन्‌‍, राजनीतिमा चासो राख्नेहरू। राज्यमा दुई तीहाई आसान जितेर सरकार गठन गर्नलाई यस समय भाजपा नेतृत्व अनि कार्यकर्ताहरूले धेरै मेहनत गरिरहेका छन्‌‍।

प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमा आएर विराट जनसभाहरूलाई सम्बोधन गर्दै वर्तमान राज्यमा भ्रष्टचार समाप्त गर्न अनि राज्यको सर्वाङ्गीण विकासको निम्ति भाजपालाई जिताउने आह्वान गरिरहेका छन्‌‍। तृणमूल कंग्रेस नेताहरूले पनि राज्यको जनताको मन जित्नलाई धेरै खिप्ती गरिरहेको यो अवस्थामा दार्जीलिङ पहाड़को तीनवटा आसान अनि नेपालीभाषी बाहुल क्षेत्रका विधानसभा आसन जित्नलाई भाजपा अथवा केन्द्र सरकारले त्यस्तो ठूलो जोखिम उठाउने सम्भावना कम रहेको खरसाङका कतिपय चिन्तनशील व्यक्तिहरू बताउछन्‌‍। वर्तमान राजनीतिक परिवेशलाई हेर्दा भाजपाले आगामी विधानसभा चुनाउसम्म पहाड़को मामिलालाई लिएर सतर्कताको साथमा कदम चाल्ने सम्भावना देखिन्दैछ। यसैले आगामी विधानसभा चुनाउसम्म पहाड़ र गोर्खाहरूको मुद्दाले केन्द्र सरकारबाट त्यस्तो महत्व नपाउने मत मनिसहरूको छ।

भाजपा गठबन्धन दलका नेताहरू भाजपा सरकारले गोर्खाहरूको निम्ति ठोस कदम उठाउनै पर्ने माग गरिहेका छन्‌‍। कतिपय राजनीतिक दलहरूले पहाड़ अनि गोर्खाको मुद्दामाथि कुनै ठोस पहल नगरिए आगामी विधानसभा चुनाउमा अर्कै बाटो अपनाउन सक्ने समेत चेताउनी दिइरहेका छन्‌‍। गोजमुमोका कतिपय नेतृत्वहरू भन्छन्‌‍, हामीले भाजपालाई पहाड़, तराई, डुवर्स अनि गोर्खाको समस्या समाधानको निम्ति चुनाउमा सहयोग गरेका हौँ। भाजपा अनि केन्द्र सरकारले हाम्रो समस्या समाधानको निम्ति अवश्यै कार्य गर्नेछन्‌‍, यस विषयमा कार्य गर्नु पर्ने केन्द्र सरकारलेनै हो। यदि कार्य नगरिएको खण्डमा हामी विकल्प रोज्न सक्नेछौँ। पहाड़, तराई, डुवर्सको समस्या समाधानको निम्ति केन्द्रीय गृहमन्त्रीले बोर्डोल्याण्ड टेरिटोरिलय रिजनको मोडलमा कार्य गरिने भनी प्रस्ताव दिएको भन्दै यस विषयमा गोजमुमोले गत 18 जनवरीको दिन खरसाङ्मा एउटा सङ्गोष्ठीको आयोजना गरेर विभिन्न राजनीतिक दल अनि बौद्धिक व्यक्तिहरूको विचार प्राप्त गरेको थियो। यसरी आगामी दिनमा अझ यस्ता सङ्गोष्ठी गर्ने पनि गोजमुमो नेतृत्वहरूले बताएका छन्‌‍। तथापि वर्तमानको पहाड़, तराई, डुवर्स अनि राज्यको राजनीतिक परिस्थिति हेरेर बीटीआर बारे विधासभा चुनाउ अघि पदक्षेत्र लिइने सम्भावना पनि धेरै पातलो रहेको कतिपय राजनीतिमा चासो राख्नेहरू बताउछन्‌‍।

तथापि पहाड़का भाजपा गठबन्धन दलका नेताहरू अझ पनि भाजपा अनि भाजपाको नेतृत्वमा रहेको केन्द्र सरकारले पहाड़, तराई, डुवर्स अनि गोर्खा समस्या समाधानको निम्ति कार्य अवश्यै गर्नेछन्‌‍ भने विश्वासमा रहेका पाइन्छन्‌‍। आगामी विधानसभा चुनाउ अघि भाजपा नेतृत्वमा रहेको केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई, डुवर्स अथवा गोर्खा मुद्दालाई लिएर ठोस कार्य गर्न नसक्नु यसको बाध्यता देखिन्छ भने वर्तमानमा पहाड़मा रहेको जनमत, गोर्खा मुद्दाको समाधानको माग गरिरहेका राजनीतिक दलहरूमा रहेको एक-अर्काप्रतिको मनोमालिन्य, क्षेत्रको राजनीतिक परिदृश्यलाई पनि यसको कारण मन्न सकिन्छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ