खरसाङको फाटक डाँड़ामा पानीको परियोजना सहित विभिन्न योजनाहरूको अनित थापाद्वारा उद्घायन अनि शिलान्यास

Share this news

खरसाङ,  (निसं)ः गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाले खरसाङ क्षेत्रमा जनतालाई समर्पित गर्दै विकासका नयाँ परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गरेका छन्‌‍। खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 अन्तर्गत फाटक डाँडा अनि यसको संलग्न क्षेत्रमा पानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले दुई वटा खानेपानी योजनाको एकसाथ उद्घाटन अनित थापाले गरेका छन्‌‍।

जीटीएको सार्वजनिक स्वास्थ्य इञ्जिनियरिङ विभाग (पीएचईडी), खरसाङ डिभिजनले 77.41 लाख रुपियाँको लागत खर्चमा निर्माण गरेको उक्त परियोजना राज्य सरकारको अनुदान सहयोगमा सम्पन्न भएको हो। 2023 को जनवरी महिनामा निर्माण कार्य शुरु गरी वर्तमानमा पुरा गरिएको यस परियोजनाले फाटक डाँडा क्षेत्रका बासिन्दाको खानेपानीको समस्याको समाधान गर्ने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा जीटीएको पीएचईडीका कार्यकारी इञ्जिनियर मणि रत्न माङ्ग्रातीको विशेष उपस्थिति रहेको थियो। यसै अवसरमा अनित थापाले वार्ड नम्बर 20 मा नवनिर्मित दुई तले शहरी स्वास्थ्य तथा कल्याण केन्द्रको पनि उद्घाटन गरे। नगरपालिका इञ्जिनियरिङ महानिर्देशनालय र खरसाङ नगरपालिकाको संयुक्त पहलमा निर्मित यस केन्द्रले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ। खरसाङको विकासको लागि अनित थापाले एकै दिन तीनवटा महत्वपूर्ण पूर्वाधार योजनाको शिलान्यास सम्पन्न गरेको स्थानीय मानिसहरूले हर्ष प्रकट गरेका छन्‌‍।

बुधवारकै दिन करबीर चिया बगानको ठूलो पातलेमा रहेको श्री सात कन्या देवी मन्दिर परिसरमा नयाँ सामुदायिक भवन निर्माणको शिलान्यास अनित थापाको बाहुलीबाट गरिएको जानकारी प्राप्त छ। यसले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई मर्यादित बनाउन तथा मन्दिरमा आयोजित विभिन्न धार्मिक कार्यक्रमसहरू सम्पन्न गर्ने मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। बुधवारकै दिन खरसाङ नगरपालिका अन्तर्गत करबीर चिया बगानको मुन्सीधुरामा भान्सा घरसहितको सामुदायिक भवनको शिलान्यास थापाको बाहुलीबाट विधिवत गरिको छ। यसले चियाबगानका मजदुर तथा स्थानीय बासिन्दाको सामाजिक तथा व्यावहारिक आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको बताइएको छ।

चरण बद्ध उद्घाटन अनि शिलान्यसको कार्यक्रम अन्तर्गत फाटक डाँड़ाको चाँनबारीमा गाउँ सेवा समाज भवनको मर्मत तथा दुई तले भवन विस्तारीकरणको पनि शिलान्यास गरिएको छ। लगभग 34.80 लाख रुपियाँको लागत खर्चमा मा निर्माण हुने यस भवनले गाउँका मानिसहरूलाई विभिन्न कार्यक्रमको आयोजना गर्न अनि शुभ-अशुभ कार्य सम्पन्न गर्नमा प्रभावकारी बनाउनेछ भनी विश्वसा व्यक्ति गरिएको छ। उद्घाटन तथा शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले आगामी दिनमा पनि खरसाङ क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर योजनाहरु अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गरेका छन्‌‍। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वार्डबासी तथा जीटीएका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ