विद्यार्थीहरूलाई अध्ययनमा मात्र ध्यान दिने अनित थापाको सुझाव 

Share this news

दार्जीलिङ,19 नोभेम्बर(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा आफ्नो विभागीय अधिकारी र केही सभासद् अनि दार्जीलिङ नगरपालिका अध्यक्षका साथमा  सेन्ट रोबर्टस् हायर सेकेण्डरी स्कूल भ्रमणमा पुगेका थिए। उनको आगमनमा  विद्यालयको पक्षबाट एनसीसी क्याडेट र जयहिन्द वाहिनीका विद्यार्थीहरूले प्रवेशद्वार देखि नै एस्कट गरेर  प्रमुख कार्यपाल र उनको टोलीलाई विद्यालय परिसरमा प्रवेश गराएपछि उनको सम्मानमा स्वागत् कार्यक्रम विद्यालयकाे रङ्गशालामा सम्पन्न भयो, जहाँ विद्यालयकाे पक्षबाट टिचर्स को-अर्डिनेटर रभरेन फादर सञ्जोक राई र राजा लामाले शिरशोभा, अङ्ग-वस्त्र, खादा अनि स्मृति चिह्न भेट गर्दै उनलाई अभिनन्दन जनाए। उल्लेखनीय छ, गत अक्टोबर महिनामा विद्यालयले मञ्चन गरेको पूर्णाङ्की नाटक  पलायन- अवलोकन गर्न प्रमुख अतिथिका रूपमा उनलाई निम्त्याएको थियो तर अन्तिम क्षणमा अचानक बाहिर जान परेकोले उनलाई प्रतिधित्व गरेर आएका जीटीए सभापति अञ्जुल चौहानले विद्यालयकाे भौतिक पूर्वाधारहरुको खाँचोलाई मध्य नजरमा राखेर जीटीएको पक्षबाट ग्यालेरी सहितको एउटा बास्केटबल कोर्ट अनि सुन्दर विद्यालय उद्यान बनाइदिने प्रतिश्रुति दिएका थिए। त्यसैको पुनरावलोकन गर्न अनि विद्यालयको परिभ्रमण गर्न आएको मौकामा आफ्नो कर्तव्य निर्वाह गर्दै यसरी उनलाई विद्यालयले शिष्टाचार पूर्वक आभार व्यक्त गरेको कुराे विद्यालयका मिडिया इञ्चार्ज तथा सह-शिक्षक सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्। सह शिक्षक अमिट थापाले सञ्चालन गरेकाे स्वागत् कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले विद्यार्थीहरूलाई सबथोक छोडेर अध्ययनमा मात्र ध्यान दिने सुझाव दिए। यसका साथै आफू विद्यार्थी भएको बेला पढाई छोडेर दिनरात जुलुसमा जानुपर्ने राजनैतिक परिवेशमा हुर्केका दिनको सम्झना गर्दै अब पहाड़मा त्यस प्रकारको परिवेश समाप्त भइसकेको बताए। यही अनुकूल परिवेशमा यस क्षेत्रबाट धेरै विद्यार्थीहरू युपीएससी,नीट जस्ता ठूलो ठूलो प्रतियोगितात्मक परीक्षा पास गर्न सक्षम भइरहेको उदाहारण दिँदै विद्यार्थीहरूले यसप्रकारको परिवेशको लाभ उठाउने उचित समय आएको कुरो बताए। गीत-संगीत क्षेत्रमा अब एउटा सेलेब्रेटी नै भइसकेका एघारौँ कक्षाका विद्यार्थी वाङ्गे गुरूङको एकल गीत र अन्य विद्यार्थी हरूको सामूहिक प्रार्थना भजन सुनेर प्रभावित भएको बताउँदै उनले देशमा विभिन्न विधाका माध्यम सेन्ट रोबर्टस् स्कूलले दिइरहेको योगदानको मुक्त कण्ठले प्रशंसा गरे।स्वागतका औपचारिक कार्यक्रम सकिएपछि प्रमुख कार्यपालले विद्यालयको केही श्रेणी कोठा र पुस्तकालयको पनि परिभ्रमण गरे भनी विद्यालयका मिडिया इञ्चार्ज तथा सह-शिक्षक सुनील राई प्रणामीले विज्ञप्ति मार्फत् जनाएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ