अनिल लोप्चन पार्टीबाट निष्कासित

Share this news

खरसाङ,  (निसं)ः गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सहसचिव एवं प्रवक्ता अनिल लोप्चनलाई पार्टीबाट निष्कासन गरिएको छ। बुधवार गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति कार्यालय सचिव दिपेन्द्र देवानले अनि लोप्चनलाई पार्टीको पद अनि साधरण सदस्यबाट निष्कासन गरिएको जानकारी दिएका छन्‌‍।

दिपेन्द्र देवानले अनिल लोप्चनको निष्कासनको बारेमा बताउदै भनेका छन्‌‍, अनिल लोप्चनले पार्टीको संविधान र सिद्धान्तको परिधिभन्दा बाहिर गएर पार्टीविरुद्ध अभिव्यक्ति दिएका छन्‌‍। यति मात्र होइन, तिनले कुनै प्रमाणबिना नै पछिल्लो चुनावमा केन्द्र सरकारसँग पैसाको लेनदेन सम्बन्धी सम्झौता भएको भन्ने गम्भीर आरोप गोर्खा जनमुक्ति मोर्चामाथि लगाएका छन्‌‍। यस प्रकारको आधारहीन आरोपले पार्टीको गरिमा, विश्वसनीयता र छविमा गम्भीर प्रहार गरेको छ। आज सार्वजनिक भएको पार्टीका महासचिव रोशन गिरी र माननीय पूर्व सांसद एसएस आहलुवालिया बीचको अडियो क्लिपले यी आरोपहरू निराधार र कपोलकल्पित रहेको स्पष्ट पारिसकेको छ। देवानले अघि भनेका छन्‌‍, पार्टी अनुशासन उल्लङ्घन गरेको, पार्टीविरुद्ध निराधार र मानहानिकारक अभिव्यक्ति दिएको तथा संगठनको हितविपरीत गतिविधि गरेको कारण गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय समितिले अनिल लोप्चनलाई केन्द्रीय समिति सहसचिव पदबाट तत्काल प्रभावबाट निष्कासन गर्ने निर्णय गरेको छ। लोप्चनलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गरिएको जानकारी गराइन्छ। पार्टी आफ्नो सिद्धान्त, पारदर्शिता र गोर्खा जनताको आकांक्षाप्रति सदैव प्रतिबद्ध रहेको छ। सम्पूर्ण कार्यकर्ता र समर्थकहरूलाई एकजुट रहन तथा यस्ता निराधार प्रचारबाट भ्रमित नहुन आग्रह गर्दछौंँ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ