Amar Lama's election campaign in Siyek Gaepal OKT group
Amar Lama's election campaign in Siyek Gaepal OKT group

अमर लामाको चुनावी दौडाह सियाेक गाेपाल ओकेटी समष्टिमा

Share this news

खरसाङ विधान सभा आसनका भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा प्रजातान्त्रिक माेर्चाका सम्भवित प्रार्थी एंव भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा केन्द्रीय महासचिव अमर लामा हाल चुनावी मैदानमा उत्रिएका छन्। यही क्रममा लामाले साेमबार सियाेक गाेपालधारा ओकेटी समष्टि अन्तर्गतका पार्टी प्रतिनिधि अनि जनप्रतिनिधिहरूसित मिरिक युवा आवासमा सभा गरि राजनैतिक गतिविधि अनि आगमी राज्य विधान सभा चुनाउबारे व्यापक चर्चा परिचर्चा गरेकाे छ। यस अवसरमा जीटीए सियाेक गाेपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, जीटीएका मनाेनित सभासद प्रणाम रसाइली, भागाेप्रमाे समष्टि अध्यक्ष समीर राई, सचिव कृष्णबीर प्रधान, तृणमूल कंग्रेस हिल्स चेयरम्यान एलबी राई, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, नारी शक्तिका गणिता गुरूङ, सुरेखा राई, सम्झाैता राई, युनियन नेता शरण निराैला, पूर्व सभासद फूबी राई ग्राम पन्चायत प्रधान साेइच्छा तामाङ, ग्राम पन्च सदस्य सपन भण्डारी, युवा शक्तिका प्रतिनिधिहरू लगायत पार्टी कार्यकर्ताहरूकाे उपस्थिति थियाे। सभापछि पत्रकारहरूसित कुराे गर्दै अमर लामाले आगमी राज्य सभा चुनाउलाई ध्यानमा राखेर आफू हाल संगठन विस्तारमा लागि परेकाे अनि विभिन्न समष्टिहरूमा साँगठनिक सभा गर्ने क्रममा सियाेक गाेपालधारा ओकेटी समष्टि अधिनस्थ पार्टी कार्यकर्ताहरूलाई सहभागी गराई साँगठनिक सभा गरिएकाे बताए। लामाले जीटीएमा भागाेप्रमाेकाे सत्ता रहेकाे अधिकांश ग्राम पन्चायतहरू अनि नगरपालिकामा पनि भागाेप्रमाेकाे प्रतिनिधिहरू रहेकाे कारण आगमी राज्य विधान सभा चुनाउमा पहाडकाे तीनवटा विधान सभा आसनमा भागाेप्रमाे निश्चितरूपमा विजय बन्ने बताए। तिनले राज्य सरकारसित सम्बन्धित मुद्धाहरूलाई लिएर चुनाउमा जानेछाैं भन्दै ब्यवहारिक कुरा अनि काम गर्ने भएकाेले ब्यवहारिक कुरा लिएर नै चुनाउ मैदानमा निस्कने बताए। यता समष्टि अध्यक्ष समीर राईले पनि चुनाउलाई ध्यानमा राखेर सभा गरिएकाे जानकारी गराउँदै सभामा साँगठनिक गतिविधिबारे चर्चा गरिएकाे बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ