जिल्ला अस्पतालमा डिजल किन्न नसके अजय एड्वर्ड्सले डिजल दिने 

Share this news

दार्जीलिङ, 10 जनवरी(निसं): दार्जीलिङ जिल्ला अस्पतालमा सञ्चालन हुने जेनेरेटरमा लगाउने डिजल नभएकोले हिजो बिहिबारको दिन जिल्ला अस्पतालमा व्यापक समस्या भएको कुरा उठाउँदै इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आइजीजेएफ) युवा नेता राब्गे राईले जीटीए )गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) सत्तामा आसिन  नेतृत्वहरूमाथि धाधली अनि लापरवाही गरेको आरोप लगाउँदै अब उसो जिल्ला अस्पतालमा बिजुलीबत्ती नभएको समय जेनेरेटर-मा चाहिने डिजल इन्डियन गोर्खा जनशक्ति फ्रन्ट प्रमुख संयोजक अजय एडवर्डले प्रदान गर्नेछ भनी सार्वजनिक गरेका छन्।

शुक्रबार आइजीजेएफ युवा नेता राब्गे राईको नेतृत्वमा दार्जीलिङ जिल्ला अस्पताल प्रशासनसित भेट गर्दै यस प्रकारको घटना नदोरियोस् भनी अनुरोध गरिएको जानकारी राब्गे राईले गराएका छन् ।दार्जीलिङ जिल्ला अस्पतालको प्राङ्गणबाट बोल्दै आइजीएफ  नेता राब्गे राईले भनेका छन्, हिजो बिहिबारको दिन विद्युत विभागद्वारा विद्युत सम्बन्धी मर्मती कार्य भएकोले दिनभरि नै दार्जीलिङ जिल्ला अस्पतालमा बिजुली आउन सकेन त्यस समय जिल्ला अस्पतालको जेनेरेटर पनि नचलेकोले निकै खैलाबैला साथै रोगीहरू माथि थप समस्या उत्पन्न भएको जानकारी प्राप्त भएपछि यसबारे बुझ्न जिल्ला अस्पताल प्रशासनसित भेट गर्‍यौ।

जिल्ला अस्पतालमा भएको जेनेरेटरमा लगाउने डिजल नभएकोले जेनेरेटर चालु नभएको  बुझियो किनभने डिजल किन्न धेरै समयदेखि रुपियाँ भुक्तान नगरिएकोले डिजल ल्याउन नसकेको जानकारी प्राप्त भएको छ। यसबाट स्पष्ट भयो कि दार्जीलिङ जिल्ला अस्पतालमा धाँधली गर्न नसक्ने भएकोले डिजलको कुनै व्यवस्था नगरिएको यदि डिजल व्यवस्थापनमा कमिसन खान पाउने भएको भए यहाँ डिजलमा यस प्रकारको त्रुटी देखिने थिएन। उनले भने, करोडौं रुपियाँको शिलान्यास गरिरहेको छ भने एकातिर जिल्ला अस्पतालमा डिजलको कमीले गर्दा अस्पतालमा भर्ना भएका रोगीहरूलाई थप अर्को समस्या भइरहेको छ। विशेषगरी डायलोसिस,एमर्जेन्सी विभाग, अपरेसन थिएटर, सीटी स्क्यान अनि एक्सरे जस्तो अत्यावश्यक विभागहरूमा धेरै समस्या उत्पन्न भएकोले गरिब जनसाधारणलाई धेरै मार्का परेको छ। उनले भने, जिल्ला अस्पताल जस्तो एउटा संवेदनशील विभागलाई जीटीए पावरफुल छ भन्ने जीटीएका प्रशासकहरुले गरीब बिमारीहरूको जीवनमाथि खेलवाड साथै अन्याय गरेको महसुस भएको छ, अब जनता चनाखो हुनुपर्छ अनि यसप्रकारको जीटीए  सञ्चालक तथा प्रशासन  व्यवस्थालाई जरैसित निकाल्नुपर्छ भन्दै राब्गे राईले जनसाधारणलाई आवान गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ