अजय एडवर्डस जनताको साँचो आवाज हो : एनबी खवास

Share this news

दार्जीलिङ, 9 फरवरी(निसं): अजय एडवड्स जनताको साँचो आवाज हो, यसैले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आइजीजीएफ)-मा समर्थन जनाउने क्रम जारी छ। यसै क्रममा शनिबार मंग्पू लाब्दा समष्टि अन्तर्गत रेसप फरेस्ट बस्तीका 30 परिवारहरूले प्रमोद रूम्बा र साङ्गे शेर्पाको नेतृत्वमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाएको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आइजीजीएफ) नेता एनबी खवासले भनेका छन्।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट-को दार्जीलिङको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा एनबी खवासले भनेका छन्, इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल हक्रम जारी छ।इण्डियन गोर्खा जनशक्ति भनेको जनताको शक्ति हो। दार्जीलिङ पहाडलाई नियालेर हेर्ने हो भने सबै जनाले राजनैतिक गरेर रूपिया पैसा कमाउने अनि धनी हुने सोच लिएको पाइन्छ।नेताहरूको यस्तो सोंच देखेर पहाडमा परिवर्तन हुन पर्छ भन्ने सोच फैलिएको छ।सत्ताको चौकीमा बस्ने नेतृत्वहरूले राजनीति गरेर रूपिया पैसा कमाउछु भन्ने सोच लिएका छन् तर आम जनताको मनमा यस प्रकारको सोच छैन।आम जनताले परिवर्तन हुन पर्छ भन्ने सोंच बनाएको छ।गत केही महिना अघि छिनेकी राष्ट्र नेपालमा त्यहाँका
जेन्जी-ले आन्दोलन गरे अनि 26 घण्टामा नेपालको सत्ता उखेलेर फालिदिएको हो।नेपालमा नेतृत्वहरूको कमि थिएन,छैन तर नेतृत्वहरूले नेपाललाई सर्वनाश गर्दैछ भन्ने बुझेर नेपालका जेन्जीले इमान्दार नेता आउन पर्छ भनेर आन्दोलन चलाएको हो। उनले भने, दार्जीलिङ पहाड-तराई-डुवर्स तथा भारतीय गोर्खाले अघिबाटै अजय एडवर्डस जस्ता इमान्दार नेता पाइसकेका छन् ।अजय एडवर्डसको इमान्दारिता बारे प्रमाण दिनु पर्दैन।नयाँ नेता आएर इमान्दारसंँग जनताको सेवा गर्न सक्छ भन्नु सक्छ तर चौकीमा पुगेपछि उनी परिवर्तन हुन सक्छ।अजय एडवर्डसले गोजीको पैसाले ब्रीज सडक आदि जस्ता जनताको बुनियादी सुविधाहरूको निर्माण गरेर आफ्नो इमान्दारिताको परिचय दिई सकेको छ।आफ्नो गोजीको पैसा खर्च गरेर कसैले ब्रीज,सडक आदि जस्ता जनहित कार्यहरू गर्न सक्छ? उनले अझ भने, मैले राजनीति गरेको 40 वर्ष पुरा भइसकेको छ, तर मेरो राजनीति जीवनको अनुभावले भन्छ भारतभरीको नेताहरूलाई लश्करै राखेर नियाल्ने हो भने हामीले इमान्दार नेता अजय एडवर्डसलाई मात्र पाउन सक्छौ।अजय एडवर्डसलाई हामीले नकार्‍यौ भने अजय एडवर्डसलाई कुनै प्रकारको नोक्सान हुँदैन तर जो नोक्सान हुन्छ त्यो जनतालाई नै हुनेछ,धोका जनतालाई नै हुनेछ।
विगतमा विभिन्न राजनैतिक पार्टीहरूमा थियौ,पहाड तराई डुवर्स तथा गोर्खा जातिलाई अघि लानुलाई अजय एडवर्डस जस्ता नेताको खाँचो छ भन्ने बुझेर हामी सबै एकबद्ध भएका हौ।अजय एडवर्डस्स जनताको साँचो आवाज हुन् ,जनताको साँचो सेवक हुन् भन्ने सबैको आँखा अघि स्पष्ट छ।तपाईहरूले आज बुझेर आईजीजेएफमा सामेल हुने निर्णय लिनु लिएको यो ऐतिहासिक निर्णय भएको छ,एनबी खवासले भने।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ