अजयद्वारा समाज घर निर्माण

Share this news

दार्जीलिङ,20 अप्रेल(निसं): रेलिङ–कैजले समष्टि अन्तर्गत पर्ने रेलिङ ग्राम पञ्चायत अधीनस्थ रेलिङ होमडाँडामा प्रकृति समाज-को समाजघर
 निर्माण कार्य सफलतापूर्वक समाप्त भएकोछ। लामो समयदेखि आवश्यक रहेको उक्त समाजघर आज पूर्ण रूपमा तयार भएसँगै 
स्थानीयवासीहरूमा खुसीको माहोल छाएको छ भनी इण्डियन गोर्खा जनशक्ति फ्रन्ट मिडिया सेलले जानकारी गराएकोछ। सेलको
 जानकारी अनुसार,केही महिना अघि बिजनबारी खण्ड संयोजक भरत तामाङको समष्टि भ्रमणका क्रममा समाजका
 सम्पूर्ण सदस्यहरूले एकजुट भई नयाँ समाजघर निर्माणको प्रस्ताव अघि सारेका थिए। गाउँमा आवश्यक आधारभूत पूर्वाधारको
 अभाव रहेको उल्लेख गर्दै समाजले आफ्नो समस्यालाई स्पष्ट रूपमा राखिको थियो। उक्त प्रस्ताव पछि अजय एडवर्ड्ससम्म पुगेपछि 
समाजका प्रतिनिधिहरूले उहाँसँग प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरेका थिए।
भेटघाटका क्रममा समाजका सदस्यहरूले आफ्नो आवश्यकता र अपेक्षा विस्तारमा राखेका थिए। सोही क्रममा अजय 
एडवर्ड्सले कुनै ढिलाइ नगरी समाजघर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उनको सकारात्मक सोच र दृढ
 प्रतिबद्धतापछि समाजमा नयाँ आशा र उत्साह थपिएको थियो।
आज उनको पहल र सहयोगमा उक्त समाज घर निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको जानकारी गराउँदै प्रकृति
 समाज-का सम्पूर्ण सदस्यहरूले हर्ष व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ