अजम्बरी सङ्घ सार्वजनिक भवन गुराँस डाँडा 460 पूल रंगबुलमा यस वर्ष 2025 को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीका विद्यार्थीहरूलाई सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रम संघको सभापति रूपेश छेत्रीको अध्यक्षतामा आयोजन गरिएको थियो। उक्त कार्यक्रमलाई शेरेप छिरिङ लेप्चाले सञ्चालन गरेका थिए। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा उपस्थित रहेका थिए भने लाक्पा डोमा भोटिया, आशारिका फाउण्डेशनका सभापति रित्विक तामाङ, सामाजिक कार्यकर्ता सुभाष ठकुरी (सुभाष योञ्जनका छोरा), रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा, पञ्चायत समिती सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य इनोस हाङ सुब्बा लगायत सिधा लाईन परिवार समाजका सभापति लगायत अन्यहरू उपस्थित थिए।
अजम्बरी सङ्घ सार्वजनिक भवनकार्यक्रमयोजना
- Post author:Bijoy Chetri
- Post published:June 1, 2025
- Post category:ट्रेन्दिङ
- Post comments:0 Comments