गोपाल योञ्जन संगीत सम्मान संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने

Share this news

तीनधारे, (निसं): गोपाल योञ्जन संगीत सम्मान यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा 2023 देखि शुरु गरिएको वाङ्गेयकार गोपाल योञ्जन संगीत पुरस्कार यसपाली तीनधारे क्षेत्रका संगीतकार एंव संगीतमा गुरुजी बरुण रसाइली र तीनधारे चियाबारी निवासी गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कार गौरव मञ्च तीनधारेको आयोजनामा आगामी 30 अगस्तमा आयोजना गरिने भएको छ। उक्त दिन नै स्थानीय तीनधारेका संगीतकार र गीतकारलाई पुरस्कार प्रदान गरिने भएको जानकारी गौरव मञ्च तीनधारेको संयोजक सुप्रेम छेत्री र सदस्ता युवराज सुन्दासले जानकारी गराएका छन्‌‍। उनले दिएको जानकारी अनुसार गौरव मञ्च तीनधारेले 2023 देखि स्थानीय संगीतकार र कलाकारहरुलाई सम्मान जनाउने क्रम शुरु गरेका थिए। यस अन्तर्गत पहिलोपटक 2023 मा संगीतकार सुरेन बम्जनलाई यो सम्मान प्रदान गरिएको थियो। त्यसपछि गत वर्ष 2024 मा गायक संगीतकारहरु क्रमैले गोपाल गजमेर, गौतम मोक्तान र चन्दु भुसाललाई प्रदान गरिएको थियो। यसपाली यो सम्मान तीनधारेकै संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ