A seminar was organized about Rashtriya Sarjak Gopalsingh Nepali Basnet
A seminar was organized about Rashtriya Sarjak Gopalsingh Nepali Basnet

राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजित

Share this news

सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवाले आइतबार दिउँसो राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे सङगोष्ठीको आयोजन गरेको थियो। देशको राजधानी नयाँ दिल्लीमा वर्ष 2000 मा स्थापित एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विगत ६ अप्रेल २०२५ देखिएक वर्षव्यापी रजत जयन्ती कार्यक्रम आयोजन गरिरहेको छ। यसक्रममा आरनोवा भवनमा यो सङगोष्ठी आठौं कार्यक्रमको रुपमा आयोजन गरेको थियो।
साहित्यकार, फेशन डिजाइनर अनि समाजसेवी मेनका तामाङद्वारा अध्यक्षता गरिएको कार्यक्रममा अभिनेत्री अनि समाजसेवी दीपा गुरुङ साइन प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। अन्य अतिथिहरुमा समाजसेवी मोहन लुइँटेल, फेशन विशेषज्ञ र समाजसेवी सङ्गीता राई उपस्थित थिए। सर्वप्रथम अध्यक्ष र प्रमुख अतिथिले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतको तस्वीरमा दीप प्रज्ज्वलन र श्रद्धा अर्पण गरेका थिए।
कार्यक्रममा कथाकार अनि समाजसेवी दिवाकर ढुंगेल शर्माले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे गहन तथ्यहरू प्रस्तुत गर्दै विहारलाई छोडेर बाँकी क्षेत्रमा आरनोवाले बस्नेतलाई चिनाउने अभियान गरिरहेको बताए।
प्रमुख अतिथि दीपा गुरुङ साइनले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे आफुलाई जानकारी आज मात्र भएको अनि यो सुयोग आरनोवाले दिएको बताउँदै, यसको लागि आभार प्रकट गरिन्। त्यसपछि राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे अब अध्ययन गर्ने र यसका लागि यो संस्थालाई सहयोग गर्न तयार रहने बताउँदै उनलाई मार्गदर्शन गर्ने अनुरोध गरिन्। हिन्दी भाषाकी विज्ञ र सभाध्यक्ष मेनका तामाङले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतबारे निकै शोधपूर्ण वक्तव्य दिएकी थिइन्। सङ्गीता राईले बस्नेतमाथि कविता प्रस्तुत गरेकी थिइन् भने मोहन लुइँटेलद्वारा आरनोवाले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई चिनाउन चलाइरहेको अभियानमा जहिले पनि साथ दिन तयार रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य र धन्यवाद सुनिता राईले दिएकी थिइन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ