लङभ्यू कमानको मालिक गोविन्द गढले 2024-2025 अर्थात् यस पालीको बोनस केवल 10% मात्र दिने, त्यो पनि दुई किस्तीमा दिने सकिने चिट्ठी काटेपछि Hill Plantations Employees Union को तर्फबाट कमानको म्यानेजर एपी सिंहसँग भेट गरेर 10 तारीख सेप्टेम्बर सम्म 20% बोनस वितरण गर्नु पर्ने माग राखेको छ। यदि यस्तो हुनुमा ढिलाइ भयो भने आन्दोलनले अर्को मोड लिने HPEU का बगान प्रतिनिधि साथै केन्द्रीय नेतृत्वले जनाएको छ। स्मरण रहोस्, गत वर्षको बोनस पनि लङभ्यू कमानका श्रमिकहरुले 34 दिनको अनशन गरेर मात्र हासिल गरेका थिए। यस वर्षको फर्स्ट फ्लशको समय पनि बोनसको विषयमा कुनै बातचीत नगरेर जबर्जस्ती पुलिस केस अनि बल प्रयोग गरेर जबर्जस्ती पत्ती उठाउनु लगाएको हो। यद्यपि जबसम्म 20% बोनस एकै किस्तीमा दिँदैन HPEU ले लड़ाई जारी राख्ने जानकारी गराएको छ।
