बागवानी ब्लक कार्यालयले आज समग्र बागवानीको विकासको लागि कार्यक्रम (MIDH) अन्तर्गत प्रभावकारी वितरण कार्यक्रम सञ्चालन गरेको थियो। यस पहलले स्थानीय किशानहरू अनि लाभग्राहीहरूलाई आवश्यक बागवानी इनपुट उपलब्ध गराउने उद्देश्य थियो, जसले यस क्षेत्रमा बागवानी र फूलको खेतीमा दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्दछ। यस कार्यक्रममा टारपिन, सुदुंगलाखा र अरितारका चार गाउँ निकायका पञ्चायत अध्यक्ष र उपाध्यक्षहरूको विशिष्ट उपस्थितिले कार्यक्रमलाई रौनक प्रदान गरेको थियो। प्रमुख व्यक्तित्वहरूमा ब्लक विकास अधिकारी (BDO) एसके ढुङ्गाना, पञ्चायत अध्यक्ष श्रीमती निर्मला कालीखोती, सुदुंगलाखाका पञ्चायत अध्यक्ष सचित सुभा, टारपिनका पञ्चायत अध्यक्ष श्रीमती उमा क्षेत्री अनि अरिटार पञ्चायतका उपाध्यक्ष किन्चो छिरिङ भुटिया उपस्थित रहेका थिए।











