भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा स्तरीय सभा सम्पन्न

Share this news

खरसाङ, (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा समितिको सभा सम्पन्न भएको छ। आगामी 9 सेप्टेम्बरमा खरसाङ महकुमा अन्तर्गत पर्ने मङ्पूमा पालन हुने भनिएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चौथौ स्थापना दिवस विषय लिएर खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा सर्वप्रथम खरसाङ महकुमा युवा शक्तिका महासचिव तथा दार्जीलिङ महकुमाका जन सम्पर्क अधिकारी ब्रिगेन मिश्राले मङ्पूमा पालन हुने स्थापना दिवस तैयारी विषय लिएर जानकारी दिएका छन्‌‍। सभामा केन्द्रीय सदस्य राम पोख्रेल, केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा समिति सभापति प्रेमेन्द्र गुरुङ, केन्द्रीय समिति नारी समिति अध्यक्ष अनु प्रधान, खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले सभालाई सम्बोधन गरेका थिए। पार्टीप्रतिको योगदानलाई ध्यानमा राखेर खरसाङ टाउन कमिटीका मूल सचिवलाई पदोन्नति गरी खरसाङ महकुमा समितिका सह सचिव पदमा नियुक्त गरियो भने टाउन कमिटीको कार्यवाहक सचिव वीरबल पाख्रीनलाई टाउन कमिटीको पूर्ण जिम्मेवारी सुम्पिन्दै टाउन कमिटीकेो मूल सचिव पदमा नियुक्त गरेर प्रमाण पत्र प्रदान गरिएको छ। यसको साथै क्रमबद्ध रूपमा मैत्र सेन शर्मालाई टाउन कमिटीकेो सांगठनिक सचिव, चाँदनी तामाङलाई महकुमा नारी शक्ति एको सह सचिवको पदमा नियुक्त गरिएको छ। सभाको अन्त्यमा सभाध्यक्ष सुभास प्रधानले आफ्नो सम्भाषण राखेका थिए। सभामा स्थापना दिवस लिएर राखिएको महत्त्वपूर्ण सभामा खरसाङ महकुमा समितिको नेतृत्वगण, प्रतिनीधिगण, सदस्यगण, खरसाङ टाउन कमिटीका नेतृत्वगण, प्रतिनिधिगण उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ