Literature Council
Literature Council

चम्पासरी नेपाली साहित्य परिषदको २४औं भेला

Share this news

चम्पासरी नेपाली साहित्य परिषदले आफ्नो २४औं मासिक साहित्यिक भेलाको आयोजन चम्पासरी, बाबुबासा
स्थित परिषदको कार्यालयमा आइतवार गरेको थियो।
यस कार्यक्रमको अध्यक्षता परिषदकै अध्यक्ष श्रीमती सुषमा गुरुङ मोक्तानले गरेकी थिइन्। कार्यक्रमको थालनी दीप प्रज्ज्वलन तथा सरस्वती वन्दना गरिएपछि यस महिनामा जन्मजयन्ती मनाउनु पर्ने महान् व्यक्तित्व क्रमश: गोपालसिंह नेपाली बस्नेत, कप्तान रामसिंह ठकुरी, रतनलाल व्राह्मण, गोपाल योन्जन, मदर टेरेसा तथा हकीका जादुगर ध्यानचन्द लाई सम्झना गरियो। तत्पश्चात रवीन्द्रनाथ ठाकुर, अटल बिहारी वाजपेयी, गुमानसिंह चामलिङ तथा दुर्गा मल्लको पुण्यतिथि परेको हुँदा एक मिनट मौन धारण गर्दै श्रद्धार्पण गरियो।
उक्त भेलाले तीज जस्तो महान् चाडमा देखा परेका विसंगतिप्रति चिन्ता व्यक्त गर्दै यसको समाधानको लागि महिलाहरुनै सजग हुनु पर्नेमा उपस्थित सदस्यहरु एकमत भएका थिए। साथै आजभोलि हाम्रा चेलीहरुको पोशाक परिधानमा पश्चिमी सभ्यताको नकारात्मक सोच भित्रिएकोमा दुःख प्रकट गर्दै उनीहरुलाई सही मार्ग निर्देशन दिनमा घर-समाज मिलेर सहकार्य गर्नु पर्नेमा सबैको एउटै धारणा थियो।
कार्यक्रमको अर्को चरणमा राधाश्री मोक्तान, मुना बराल, मीनु तामाङ, प्रदीप खतिवड़ाले स्वरचित तथा सन्जीव श्रीमलले स्वरचित साथै सुषमा गुरुङ मोक्तानले स्वरचित कविता पाठ गरेका थिए। सभाको स्वागत भाषण मुना बरालद्वारा तथा धन्यवाद ज्ञापन मीनु तामाङद्वारा गरिएको थियो। उक्त कार्यक्रमको सन्चालन सचिव प्रदीप खतिवड़ाद्वारा गरिएको थियो।

Share this news
आजको रोजाइ
गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

आजको रोजाइ