असीत राई साहित्यिक मञ्चको आयोजनामा विकास गोतामे स्मरण दिवस पालन

Share this news

खरसाङ, (निसं): खरसाङ्को असीत राई साहित्यिक मञ्चले जनवादी, क्रान्तिकारी कवि विकास गोतामेलाई स्मरण गर्दै विकास गोतामे स्मरण दिवस पालन गरेको छ। शनिवार खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको आरम्भ कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट विकास गोतामेको तस्वीरमा धुप-दीप प्रज्जवल अनि खदा-माला अर्पणपछि गरिएको थियो। कार्यक्रमको आरम्भमा हालैमा स्वर्गवास भएकी नेपाली साहित्यका वरिष्ट साहित्यकार उर्मिला घिसङ्को निधानमा गहिरो शेक प्रकट गर्दै मौन धारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ महाविद्यालयको नेपाली विभागका प्राध्यपक डा. योगेश खाती उपस्थित रहेका तिए भने विशिष्ट अतिथिको रुपमा विकास गोतामेकी धर्मपत्नी विन्ध्या गोतामे, गोर्खा जन पुस्तकालयका वरिष्ठ सदस्य एवं पूर्व अध्यक्ष तिलक शर्मा, ब्लुमफिल्ड महकुमा पुस्तकालयका सचिव विनय लामा, गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्षा आशा मुखिया लामा, वरिष्ठ साहित्यका जीबी बल अनि अन्यान्य उपस्थित रहेका थिए। मञ्चका सचिव दीपक ठटाल जलनले स्वागत वक्तव्य राखेको यस कार्यक्रममा खरसाङ महाविद्यालयका चार विद्यार्थी रमिला तामाङ, हिमाल खवास, दिव्य मंगर, कल्पना गुरुङले विकास गोतामेको कविता आवृत्ति गरेका थिए। यसै कार्यक्रममा असीत राई साहित्यिक मञ्चको आठौँ प्रकरण पनि सम्पन्न गरिएको थियो। यस प्रकरणमा कवि-कवियत्री रचिता छेत्री, सम्भू राई, सरोज शर्मा, जनम राई कमाने, विकास गोतामेकी छोरी वानिरा गोतामेले विकास गोतामेका कविताहरू वाचन गरेका थिए। कार्यक्रममा मङ्पूका वरिष्ठ साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. योगेश खातीले भने, मलाई मन पर्ने कवि मध्ये एक विकास गोतामे हुन्‌‍। कवि विकास गोतमे जाति, राष्ट्र र चिया श्रमिकहरूलाई सोच्ने कवि थिए। यस्ता प्रखर कविलाई हामीले भुल्नु हुँदैन, हामीले स्मरणमा राख्नको निम्ति विकास गोतामे जस्ता कवि-साहित्यकारहरूको जन्म जयन्ती पालन गर्न अथवा यसरी स्मरण दिवसहरू पालन गर्न आवश्यक छ। असीत राई साहित्यिक मञ्चले कवि विकास गोतामेलाई स्मरण गर्दै स्मरण दिवस पालन गरेको छ, यो सराहणीय कार्य हो। यस्ता कार्य सबैले गर्न पर्छ। डा. खातीले आफूले विकास गोतामेको एउटा कृति अनुवाद गरिरहेको पनि आफ्नो वक्तव्यमा बताए। कार्यक्रममा आफ्नो अध्यक्षीय वक्तव्य राख्दै ऋषि राईले कवि विकास गोतामे अनि वरिष्ठ साहित्यकार कृष्ण गिरीको बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए। तिनले असीत राई साहित्यिक मञ्चले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने कवि, साहित्यकारहरूलाई विस्मृतिमा पर्न नदिनलाई कार्य गरिरहेको बताउदै मञ्चले असीत राई स्मृति ग्रन्थ स्मृतिमा असीत राई प्रकाशित गरेर नेपाली साहित्यका फेलो साहित्यकारलाई अमरत्व प्रदान गरेको बताए। मञ्चले असीत राई जयन्ती, कवि हरिभक्त कटुवाल जयन्ती पालन गरिरहेको छ, यसै क्रमलाई जारी राक्दै नेपाली साहित्यमा उल्लेखयोग्य योगदान दिने एक जनवादी र क्रान्तिकारी कवि विकास गोतामेलाई साहित्यानुरागी अनि जनमानसको स्मरणमा ल्याउनलाई विकास गोतामे स्मरण दिवस पालन गरेको हो भने। तिनले विकास गोतामेको जन्म जयन्ती पालन गर्ने मञ्चको योजना थियो तर कतिपय कारणले जन्म जयन्ती पालन गर्न अल्प समय मात्र हातमा रह्यो, यसैले हामीले विकास गोतामे स्मरण दिवस पालन गरेका हौँ भनी आफ्नो वक्तव्यमा बताए। कार्यक्रममा अन्यान्यले पनि वक्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चकी उपाध्यक्ष रचना राई अनाकारले गरेकी थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ