श्रमिक नेता डीकेले बोनसबारे अन्य नेताहरुलाई चेतावनी दिए

Share this news

दार्जीलिङ,10 अगस्त(निसं): चियाबगान श्रमिकहरुको पुजा बोनस सम्बन्धी इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) श्रमिक संगठन अध्यक्ष डीके गुरुङले‌  गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो) अध्यक्ष बिमल गुरुङलाई चेतावनी दिएका छन्।  यसपालिको बोनस बिषयलाई लिएर पहिलो बैठक डीटिए दार्जीलिङमा सम्पन्न भयो।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) श्रमिक संगठन अध्यक्ष डीके गुरुङले‌ भनेका छन् ,पहिलो चोटि बसेको बोनस सम्बन्धी बैठकमा प्राय: सबै पार्टीको श्रमिक संगठनको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।यधपि बोनस सम्बन्धी बसेको पहिलो बैठकको कुनै निष्कर्ष भने निस्किन सकिएन।बैठककको समाप्ति पश्चात इण्डियन गोर्खा जनशक्ति फ्रन्ट श्रमिक संगठनको तर्फबाट उक्त सभामा उपस्थित भएको संगठनको अध्यक्ष डीके गुरुङले भनेका छन् , यसचोटि 20 प्रतिशत भन्दा एक प्रतिशत कममा पनि नमान्ने आइजीजेएफ पार्टीको अडान रहेको स्पष्ट पारे। उनले अघि बताए, चियाबगानको श्रमिकहरुको  हक र अधिकारको कुरा उठ्दा जहिल्यै पनि असमानताको सामना गर्न पर्ने  जहिल्यै पनि संघर्ष गर्नु पर्ने स्थिति रहेको बताउँदै  उनले भने कि यस पटक‌चियाबगान श्रमिकहरुलाई 20 प्रतिशतको दरले बोनस दिलाउनको निम्ति हामी संघर्षको अन्तिम बिन्दु सम्म पुग्न तयार छौ।

श्रमिकहरुको निम्ति हामी ‌सडक आन्दोलन देखि भोक हडताल गर्न सम्म यसपटक पछि पर्ने छैनौ।हामी सदेव चियाबगान श्रमिकहरुको हित र उनीहरुको अधिकारको निम्ति  कार्य गर्ने गर्छौ।तथापि कतिपय नेताहरू जो श्रमिक हितमा नभई मालिक पक्षको हितमा उभिने गर्छ ।जसको कारण हामीले गरेको अथक संघर्ष र परिश्रम हाम्रैहरुले गर्दा माटोमा मिल्छ। उनले नाम नलिइ  भने  पोहोर सालको बोनस वैठकमा  सबै श्रमिक संगठनको नेताहरु एक भएर मालिक पक्षसंग लडिरहेको बेला एउटा नेताले अचानक आएर मालिक पक्ष लिँदै 16- प्रतिशत भनेपछि त्यो संघर्ष बिफल बनेको थियो।त्यसपछि पनि उनले फस्ट फ्लस टिप्नु अघि मालिक पक्षले  आगामी बोनसको छिनाफाना भएको हुनुपर्छ भनेर हामी सबै श्रमिक संगठनहरुले मालिक पक्ष संग दबाव सृजना गर्ने माहौल बनाएका थियो । उनले अझ भने, तर त्यो समय पनि त्यै नेताले अघि आएर  मालिकको पक्ष लिदै  फस्ट फ्लस टिप्नु नदिए मालिक पक्षलाई ठुलो नोक्सानी हुने बताउदै जबरन उनले श्रमिकहरुलाई फस्ट फ्लस टिप्नुको निम्ति मानसिक दबावको सृजना गरेका थिए।डीके गुरुङले चेतावानी दिँदै भने खबरदार यसपालि यस्ता मालिक पक्षको प्यारो नेताहरुले  बिचमा आएर हाम्रो संघर्ष माथि पानी नफेरिदिउन। अन्तमा गुरुङले भने यस पटक हामी कुनै नेताको कुरा सुन्ने छैनौ समर्थन गर्ने पनि छैनौ  हामी यसपालिको बोनस 20 प्रतिशत अनि पोहरको रहल 4 प्रतिशतको बोनसको निम्ति सडक आन्दोलन सम्म निस्किन तयार छौ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ