सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिको संयुक्त आयोजनामा सम्वर्द्धना कार्यक्रम

Share this news

खरसाङ, (सुवास छेत्री) : खरसाङ्को सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिको संयुक्त आयोजनामा आज गुरूकूल आश्रममा एक सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो। विशेष गुरूकूल ग्राम निवासी पिता गणेश प्रधान अनि माता इन्द्रकला प्रधानकी छोरी रीना प्रधानले बडी बिल्डिङ प्रतियोगिताको महिला वर्गमा प्रथम विजेता बनेर च्याम्पियन अफ द च्याम्पियन बनेकोमा उनलाई सम्बर्द्धना जनाइयो। त्यसरीनै यसै ग्राममा विक्रम शर्मा दहाल अनि नेत्र शर्मा दाहालका छोरा अनन्त शर्मा दाहालले वर्ष 2024-25 को मिजोराम विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्वर्ण पदक सहित स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेकोले उनलाई पनि सम्बर्द्धना जनाइयो भने यसै ग्राम निवासी नगेन्द्र नारायण प्रधान अनि यशोधा प्रधानकी छोरी डा नयनिका प्रधानले गुरुनानक इन्स्टिच्युट डेण्टल साइन्स एण्ड रिसर्च (डब्ल्युडीडीसी) कलकत्ताबाट गत वर्ष दन्त चिकित्सामा डिग्री हासिल गरेकोमा उनलाई पनि सम्बर्द्धना जनाइयो। तीनै जनालाई समारोहका मुख्य अतिथि रामजीत लामा अनि केबी प्रधान लगायत उपस्थित सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिका प्रतिनिधि अनि सदस्यहरूको बाहुलीबाट सम्बर्द्धना पत्र अनि उपहारहरू प्रदान गरेर तथा शाल अनि खदा लगाएर सम्बर्द्धना जनाइयो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथिहरूले यी तीनैजना नानीहरू यस गाउँका मात्रै नभए देशकै रत्नहरू हुन्‌‍ भनी जनाए औ यिनीहरूले सम्पूर्ण दार्जीलिङ पहाडकै नाम राखेको बताए। आगामी दिनहरूमा पनि यसरीनै धेरै सफलताहरू प्राप्त गर्दै जाउन भन्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे। समारोहमा सर्वोदय गुरूकूल आश्रमका मूल सचिव कान्ता खवास, सभापति मोती भण्डारी, डा. नगेन्द्र नारायण प्रधान, सल्लाहकार पण्डित केशव मिश्र, गुरूकूल ग्राम सुधार समितिका सचिव पद्मा प्रधान, सभापति कान्ता खवासको विशेष उपस्थिति रहेको थियो भनी सर्वोदय गुरूकूल आश्रमका सह सचिव ईश्वरी प्रसाद शर्माले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ