खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

Share this news

खरसाङ, (मोहन प्रसाद): मार्शल आर्ट्स अनि फिट्नेस अकादमी खरसाङ्का दुई जुडो खेलाड़ी कलकत्तामा आयोजन हुनेे 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 जुनियर सिनियक मेन-वुमनमा आफ्नो अंशग्रहण गर्न गइरहेको जानकारी अकादमीमा चेयरम्यान सन्दीप प्रधानले दिएका छन्‌‍। खरसाङ्मा पत्रकारहरूसित बोल्दै सन्दीप प्रधानले जनाए अनुसार, धेरै समयपछि राज्य सरकारको सम्बन्धित विभागद्वारा मान्यता प्राप्त राज्य जुडो च्याम्पयनशिपमा भाग लिन खरसाङबाट दुई खेलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन्‌‍ राई कलकत्ता गइरहेका छन्‌‍। सन्दीप प्रधानले थप जनाए अनुसार, तिनले पाएको जानकारी अनुसार 1970 को दशकसम्म दार्जीलिङ पहाड़मा जुडो खेल्ने कतिपय खिलाड़ीहरू रहेका थिए। पछि कराते खेलको लोकप्रियता बढ़ेर गयो, जुडोलाई लिएर तिनको अकादमीले खोजी गर्दा तिनले थाह पाए कि दार्जीलिङ जिल्ला जुडो एसोसिएशन, सिलगड़ीको रंगपानीमा रहेको पाइयो। एसोसिएशनसित चर्चा-परिचर्चा गरेपछि अकादमीले गत केहि समयदेखि पहाड़मा पुन: जुडोलाई लिएर प्रशिक्षण कार्य गरिरहेको थियो। जुडो विषयमा धेरै कम मानिसलाई ज्ञान भएको हुनाले केही युवा-युवतीले तिनको अकादमीबाट प्रशिक्षण प्राप्त गरिरहेका छन्‌‍। यसरी तिनको अकादमीको दुई खेलाड़ीहरू आगामी 8 अगस्तदेखि 10 अगस्तसम्म कलकत्ताको खुदीराम अन्सुल्न केन्द्र भवनमा आयोजना हुने 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 भाग लिन गइरहेका छन्‌‍। प्रधानले थप जनाए अनुसार, जुडो एउटा ओलम्पिकमा मान्यता प्राप्त खेल हो अनि सरकारद्वारा पनि मान्यता प्राप्त रहेको छ। यस खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिने खेलाड़ीहरूको निम्ति सरकारबाट पनि धेरै सुविधाहरू प्रदान गरिन्छ। यस खेलको माध्यमले युवा-युवतीहरूले आफ्नो उज्जवल भविष्य बनाउन सक्ने छन्‌‍ भनी तिनले जनाए। तिनले थप जनाए अनुसार, तिनको अकादमीले चाँडै धनुकाँड़ अनि फेन्सिङ खेल माथि पनि प्रशिक्षण दिने योजना बनाई सकेको छ। वर्तमानमा दुई खेलाड़ीहरूलाई राज्य स्तरको प्रतियोगितामा तयारीको निम्ति प्रशिक्षण चलिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ