अनिल तामाङ डब्ल्यूबीपीएससी परीक्षा उतिर्ण

Share this news

मजुवा, 7 अगस्त(निसं): मजुवा ग्राम निवासी अनिल तामाङले पश्चिम बंगाल लोकसेवा आयोग तथा डब्ल्यूबीपीएससी परीक्षा सफलता पूर्वक उतिर्ण गरेका छन्। दार्जीलिङ-पुलबिजनबारी खण्ड अधीनस्थ मजुवा ग्राम अन्तर्गत बतासे तामाङ गाउँ निवासी निङमा तामाङको काँइला छोरा अनिल तामाङले पीएचई अन्तर्गत डब्ल्यूबीपीएससी परीक्षा सफलता पूर्वक उतिर्ण गरेर गाउँ क्षेत्रलाई गौरविन्त तुल्याएको छ। हुने विरूवाको चिल्लोपात भने झैं प्राथमिक शिक्षा यहाँ कै सिङ्गबोङ डेरा बतासे बस्ती प्राथमिक पाठशालाबाट शुरू गरेको शिक्षाको घरेडीले विद्या वाणी एमएसके विद्यालय बतासे बस्ती अनि माध्यमिक तह डा. राधाकृष्णन उच्चतर माध्यमिक विद्यालय रंगीत माजुवाबाट उतिर्ण गरेर उच्च माध्यमिक-आरकेएसपी केटाहरूको उच्च माध्यमिक विद्यालय दार्जीलिङबाट सकेपछि
सिभिल इञ्जिनियरिङ डिप्लोमाको निम्ति जलपाईगढी पोलिटेक्निक इन्स्टिच्युट ( डब्ल्यूबीएससीटीई) जलपाईगढीबाट उतिर्ण गरे अनि
सिभिल इञ्जिनियरिङ-मा बीटेक सुरेन्द्र इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (मकौट) सिलगडीबाट सफलता पूर्वक उतिर्ण गरेर एउटा उदाहरण बनेका छन्। उनि भन्छन, कुनै कुरा सहज पनि छैन, सक्दैन सक्ने असहज पनि छैन। प्रयास गरिरहे सफलता हात लाग्ने निश्चित छ।
सामान्य परिवारका छोरा अनिल तामाङले पश्चिम बंगाल लोकसेवा आयोग अन्तर्गत पीएचई परीक्षामा सफलता पूर्वक उतिर्ण गरेकोमा आफ्नै समाज हिमाली परिवार संघद्वारा अनिल तामाङलाई सम्बर्द्धना जनाएर उनको संघर्षमय परिश्रम,लगनशील अनि मेहनतको कदर गरेको छ। उनलाई हौसला दिने सम्पूर्णमा तामाङले आभार व्याक्त गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न