अनिल तामाङ डब्ल्यूबीपीएससी परीक्षा उतिर्ण

Share this news

मजुवा, 7 अगस्त(निसं): मजुवा ग्राम निवासी अनिल तामाङले पश्चिम बंगाल लोकसेवा आयोग तथा डब्ल्यूबीपीएससी परीक्षा सफलता पूर्वक उतिर्ण गरेका छन्। दार्जीलिङ-पुलबिजनबारी खण्ड अधीनस्थ मजुवा ग्राम अन्तर्गत बतासे तामाङ गाउँ निवासी निङमा तामाङको काँइला छोरा अनिल तामाङले पीएचई अन्तर्गत डब्ल्यूबीपीएससी परीक्षा सफलता पूर्वक उतिर्ण गरेर गाउँ क्षेत्रलाई गौरविन्त तुल्याएको छ। हुने विरूवाको चिल्लोपात भने झैं प्राथमिक शिक्षा यहाँ कै सिङ्गबोङ डेरा बतासे बस्ती प्राथमिक पाठशालाबाट शुरू गरेको शिक्षाको घरेडीले विद्या वाणी एमएसके विद्यालय बतासे बस्ती अनि माध्यमिक तह डा. राधाकृष्णन उच्चतर माध्यमिक विद्यालय रंगीत माजुवाबाट उतिर्ण गरेर उच्च माध्यमिक-आरकेएसपी केटाहरूको उच्च माध्यमिक विद्यालय दार्जीलिङबाट सकेपछि
सिभिल इञ्जिनियरिङ डिप्लोमाको निम्ति जलपाईगढी पोलिटेक्निक इन्स्टिच्युट ( डब्ल्यूबीएससीटीई) जलपाईगढीबाट उतिर्ण गरे अनि
सिभिल इञ्जिनियरिङ-मा बीटेक सुरेन्द्र इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (मकौट) सिलगडीबाट सफलता पूर्वक उतिर्ण गरेर एउटा उदाहरण बनेका छन्। उनि भन्छन, कुनै कुरा सहज पनि छैन, सक्दैन सक्ने असहज पनि छैन। प्रयास गरिरहे सफलता हात लाग्ने निश्चित छ।
सामान्य परिवारका छोरा अनिल तामाङले पश्चिम बंगाल लोकसेवा आयोग अन्तर्गत पीएचई परीक्षामा सफलता पूर्वक उतिर्ण गरेकोमा आफ्नै समाज हिमाली परिवार संघद्वारा अनिल तामाङलाई सम्बर्द्धना जनाएर उनको संघर्षमय परिश्रम,लगनशील अनि मेहनतको कदर गरेको छ। उनलाई हौसला दिने सम्पूर्णमा तामाङले आभार व्याक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ