आरानदेखि पद्मश्रीसम्मको थीमको साथमा विश्वकर्मा समाजको शतवार्षिक समारोह

Share this news

खरसाङ, (निसं): खरसाङ विश्वकर्मा समाजले आफ्नो कार्यकालको सय वर्ष पुरा गरेको उपलक्ष्यमा आरानदेखि पद्मश्रीसम्म थीम वा नारा लिएर शतवर्षिक समारोह आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम वर्ष व्यापी चलिरहेको भए तापनि यसको मुख्य समारोह आगामी 7 दिसम्बरको दिन खरसाङ्को सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षा गृहमा आयोजना गरिने भएको छ। खरसाङ्को एउटा होटलमा समाजका प्रतिनिधि अनि शतवार्षिक समारोह समितिका प्रतिनिधिहरूले एउटा पत्रकार सम्मेलन बोलाएर यस बारेमा जानकारी गराएका छन्‌‍। पत्रकार सम्मेलनमा बोल्दै समारोह समितिका मुख्य संयोजग हेमन्त दर्नालले भने, गोर्खा जातिमा कामी, दमई, सार्की अनुसूचित जातिमा पर्ने कुरो स्वविदितै छ। त्यो एउटा समय थियो जहिले हामीलाई अछुत भनेर बहिष्कार गरिन्थ्यो, यो सत्यतालाई नकार्न सकिन्दैन। हामीमाथिको यही परिस्थितिको कारण हाम्रा अग्रजहरू पहल गरे, सन्‌‍ 1924 मा दार्जीलिङ विश्वकर्मा समाजको स्थापना भयो भने 1925 मा स्व0 डीबी खातीको पहलमा खरसाङ विश्वकर्मा समाजको स्थापना भयो अनि 1926 मा कालेबुङ विश्वकर्मा समाजको स्थापना भयो। समयको परिस्थितिले जन्मिएको यो समाजले आज पद्मश्रीसम्मको यात्रा पुरा गरेको छ। यही गौरवपूर्ण यात्रालाई स्मरण गर्दै आगामी 7 दिसम्बरको दिन खरसाङ विश्वकर्मा समाजले आफ्नो शतवार्षिक समारोहको आयोजना गरेको छ। विश्वकर्मा गोर्खा जातिको एउटा अंग भएकोले यो कार्यक्रम विश्वकर्माहरूको मात्र नसम्झेर गोर्खाहरूको एउटा गौरवशाली इतिहासको कार्यक्रम सम्झने हामी सबैलाई अपिल गर्छौँ। पत्रकार सम्मेलनमा बोल्दै शतवार्षिक समारोह समितिका संयोजक एवं प्रचार प्रसार प्रभारी विनोद रसाइलीले विश्वकर्मा समाज गठनको इतिहारको बारेमा अवगत गराए। तिनले भने, शताब्दी अघिको प्रताड़नाको सामना गर्नलाई स्थापना भएको विश्वकर्म समाज दार्जीलिङले गत वर्ष 20 अक्टोबर आफ्नो स्थापना दिवस पालन गरिसकेको छ, खरसाङले आगामी 7 अक्टोबरको दिन पालन गर्ने छ अनि कालेबुङले आगामी वर्ष 2026 मा पालन गर्नेछ। समाज स्थापनाको शतवार्षिक कार्यक्रम अन्तर्गत विश्वकर्मा जातिका डाक्टर, इञ्जिनियर, राजनीतिज्ञ, साहित्यकार, चित्रकार, कलाकार, स्वतन्त्रता संग्रामीहरूलाई समेटेर एउटा स्मारिका प्रकाशित गर्ने कार्य भइरहेको छ, यस स्मारिकाको नाम हामीले आरान राखेका छौँ। हामीले शतवार्षिक कार्यक्रम पनि आरानदेखि पद्मश्रीसम्म थीम वा नारा दिएर आयोजना गरिरहेका छौँ। जातिगत तौरमा आरान हाम्रो आधार हो, यसलाई हामी भुल्दैनौँ। तिनले शतवार्षिक समारोहमा विश्वकर्मा जातिका साहित्य, संगीत, कला सम्बन्धमा प्रदर्शनी, शिल्प प्रदर्शनी, गर-गहनाको प्रदर्शनी, फलामको हात-हतियारको प्रदर्शनी रहने बताए। शतवर्षिक समारोहको दिन जातिको एकता, अखण्डता, आत्मियता, सांस्कृतिक मूल्यको संरक्षण र सम्बर्द्धनको निम्ति एउटा ऱ्याली खरसाङ बजारबाट सन्त अल्फन्सेससम्म आयोजना गरिने पनि जानकारी गराए। सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा आयोजना गरिने शतवार्षिक समारोहमा मादल, मादलको धुन-तालको प्रदर्शनी पनि रहने रसाइलीले बताए। तिनले विश्वकर्मा गोर्खा जातिकै एक अंगको रुपमा रहेकोले यो शतवार्षिक कार्यक्रमलाई गोर्खा जातिकै एक ऐतिहासित घटनाक्रम, गोर्खा जातिको गौरवपूर्ण इतिहासको रुपमा लिइदिने अपिल गरे। तिनले शतवार्षिक कार्यक्रम विगत वर्षदेखि वृक्ष रोपणको कार्यक्रमबाट आरम्भ भइसकेको अवगत गराउदै वृक्षरोपण कार्यक्रमपछि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको र आगामी 7 दिसम्बरको दिन मुख्य समारोहको आयोजना गरिने बताए। पत्रकार सम्मेलनमा खरसाङ विश्वकर्मा समाजका अध्यक्ष निर्मल गहतराज, सचिव केशवसिंह धतानी, कोषाध्यक्ष विजयसिंह सिञ्चुरी, समारोह समिति संयोजिका सुष्मा सिंह, सल्लाहकार गोविनसिंह घतानीले पनि सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ