जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

Share this news

दार्जीलिङ, 3 अगस्त(निसं): गत केही दिनको धेरै बर्षा-झरीको कारण धोत्रे बजार केही नजिक सडक जोखिमपूर्ण अवस्था पुगिसकेको छ। रिम्बिक- लोधोमालाई दार्जीलिङसित जोड्ने यो मुख्य मार्ग हो। यो सडक अवरोध भए क्षेत्र यातायातको दृष्टिकोणले बाधित बन्ने निश्चित छ। बर्खायामको आगमनसंगै यहाँका स्थानीयवासी लगायत चालकहरुको चिन्ता दोब्बर हुने गर्दछ। हरेक बर्ष नै सडक बाधित हुनाले स्थानीयहरुको दैनिकीमा प्रभाव पर्ने गरेको छ। यस्तोमा  सडकको अवस्था जीर्ण बन्दै आएको स्थानीयहरुको गुनासो छ। यसका साथै उनीहरुले सडकमा व्यापक लापारवाही भएको अनि नव निर्मित कलवटमा काम राम्रो नभएको बताएका छन्। उनीहरुले विभागले यो काम भएको बेला एकै दिन पनि देखरेख नगरेको आरोप पनि लगाएको छ। यो मार्ग भएर धेरै माल बाहक वाहनहरु पनि आवत जावत गर्ने हुनाले यस सडक पुन:निर्माण बलियो अनि असली ढङगमा हुनु पर्ने चालकहरुले सम्बन्धित विभागलाई माग राखेका छन्। हाल चालकहरुले उक्त सडकमा ढुङ्गाहरु लगाएर वाहन कुदाइरहेको पनि चालकहरुले गुनासो पोखेका छन्। गत साल नै पहिरो गएर सडक अवरुद्ध बनेको थियो भने हालको समय मात्रै यस बाटो निर्माण कार्य गरिरहेको थियो भने सडक पुन: निर्माण अनि मर्मती कार्य सम्पन्न हुन नपाउँदै यसको कलवट चर्केको छ जसको कारण  सडक कुनै पनि समय चुँडिने जोखिममा छ। क्षेत्रबासीले सम्बन्धित विभागले यसमाथि चाँडो भन्दा चाँडो कार्यान्वयन गरिदिने अपिल पनि गरेका छन्।
यसका साथै समष्टिका विभिन्न क्षेत्रहरुमा अविरल परेको वर्षाको कारण पहिरोको चपेटामा परेर जन जीवन अस्त व्यस्तसँगै  प्रभावित भइरहेको छ भने क्षेत्रिय सभासद नोर्देन शेर्पा, ग्राम पञ्चायत प्रधान, सदस्यहरु लगायत अन्य सरोकारवालाहरुले पहिरोग्रस्त स्थलहरुको भ्रमण अनि निरिक्षण गर्दै आवश्यकीय पहलहरु गरिरहेकोप्रति क्षेत्रबासीले कृतज्ञता प्रकट गरेका छन्।



Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ