जीटीए क्षेत्रमा 1,116 नयाँ शिक्षक पद सृजना हुने : अनित थापा

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) अधीनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि एउटा खुसीको खबर। चाँडै नै क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने छ। प्रशासनिक कार्य चलिरहेको म सबैलाई अवगत गराउन चाहन्छु। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ र कालेबुङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हाम्रो प्रयास अब कार्यमा देखा पर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। यसबारे थापाले थप बताइदै भनेअनुसार,पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जीलिङ र कालेबुङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि 1,116 नयाँ शिक्षक पद सिर्जना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ। विद्यालय शिक्षाविभागले जिल्लाका विद्यालय निरीक्षक (एसई)- हरूलाई पठाएको आधिकारिक ज्ञापन अनुसार जीटीए-का मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।
उनले बताएका छन् , प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका रिक्त पदहरू हुन्  भन्ने विवरण छुट्टै बुझाउनसमेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।कर्म नै हाम्रो सिद्धान्त,हामीले पहाड निर्माण गर्न सुरु गरेका पहलहरु आज बिस्तारै फलप्रद भएर देखा पर्दैछ, कार्यपाल अनित थापा बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न