मानसुन टुरिज्म फेस्टिवल 25  किलोमिटर म्याराथनको 10 अगस्तमा

Share this news

दार्जीलिङ,31 अगस्त (निसं):  डुवर्स मानसुन टुरिज्म फेस्टिवल-2025-मा हुने 25  किलोमिटर म्याराथनको समन्वय गर्ने जिम्मेवारी विक्रम राई र विक-रन फाउण्डेसनलाई दिएको छ।
लतलाई होइन खेलकुदलाई हो- भन्ने मुलमन्त्रको साथमा सीआईआई नर्थ बेङ्गाल, वाईआई एसीटी तथा फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना हुने डुवर्स मानसुन टुरिज्म फेस्टिवल-25 को आयोजक समितिले 25 किलोमिटर म्याराथन-को नेतृत्व र समन्वयको औपचारिक जिम्मेवारी विक-रन फाउण्डेसन दार्जीलिङका संस्थापक विक्रम राईलाई दिइएको छ।
गत वर्षको सफल शुरुवात पश्चात्, यसपटकको दोस्रो संस्करण अझ भव्य तथा व्यापक सहभागिताको साथमा हुने बताइएको छ भने यो कार्यक्रम सीआईआई नर्थ बेङ्गाल, वाईआई, एसीटी, फालाकाटा टाउन क्लब-द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। जो अलीपुरद्वार जिल्ला प्रशासनको पुर्ण समर्थनमा सम्पन्न हुनेछ। प्रतिस्पर्धा आगामी 10 अगस्टमा हुने तय गरिएको छ, जसमा 25के, 10क्र र 5के तीन वर्गमा समावेश छ। यसै क्रममा विक्रम राई तथा उनको टोलीले बिहिबार फालाकाटा पुगेर मदारीहाटदेखि फालाकाटा टाउन क्लब-सम्मको 25 किलोमिटर दौडको रुट म्यापिङ तथा स्थलगत निरीक्षण गरे। उनले, आयोजकप्रति आभार व्यक्त गर्दै, खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा आफू सधैं समर्पित रहेको बताए। यसका साथै यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाउनु आफैंमा गर्वको विषय रहेको तथा डुवर्सको हरियाली र मानसुनको सौन्दर्यले यो म्याराथनलाई अविस्मरणीय बनाउने राईले बताए। निरीक्षणको क्रममा उनीसँगै मनोज गुरुङ, मोहनिश लामा र आकिब खान समेत सहभागी थियो, जसले रूट प्लानिङ, जलपान बिन्दु, सुरक्षास्थल र साइनबोर्डको व्यवस्थापनमा सहयोग पुर्‍याए।
प्रतियोगिताको प्रविधि पक्षलाई बलियो बनाउने उद्देश्यले, कोलकाताबाट आएको प्रतिष्ठित टाइमकिपिङ एजेन्सी टाइमकिप्पर- लाई औपचारिक टाइमिंग पार्टनर-को रूपमा राखिएको छ भने दौडमा चिप-टाइमिङ सिस्टम र डिजिटल नतिजा उपलब्ध गराइनेछ। यस म्याराथनमा सहभागी हुन चाहनेहरूका लागि अनलाइन दर्ता खुला भइसकेको अनि यस वर्षको नारा लतलाई होइन खेलकुदलाई हो, जसले म्याराथनलाई केवल स्वास्थ्यको उत्सव नभई समाज रूपान्तरणको सन्देश पनि बनाउनेछ राईले बताएका छन्।




Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न