रंगीत-मजुवामा नि:शुल्क नेत्र जाँच शिविर 

Share this news

मजुवा, 31 अगस्त (निसं): रंगीत-मजुवामा नि:शुल्क नेत्र अनि स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। डा.कास्तव कार, आरबीएसके एमओ, बिजनबारी ग्रामीण अस्पतालको मुख्य उपस्थितिमा सम्पन्न आजको शिविरमा डा. इन्दरजीत सानु, अप्टोमेट्रिस्ट सिलगढी ग्रेटर लायन्स-को विषेश उपस्थितिमा आयोजना गरिएको शिविरमा धेरै आँखा रोगीहरूले आखाँ जचाउन सफल भए। जसमा 17 जनालाई नि:शुल्क आखाँ शल्यक्रियाको निम्ति चिन्हित गरिएको छ भने एकजना संस्कृति गुरूङ नामक 8 वर्षीय शिशुको आँखा जाँचपछि अनिवार्य चस्मा लगाउन पर्ने सल्लाह दिदैं उनि लगायत 50 जना आँखा रोगीहरूलाई नि:शुल्क चस्मा प्रदान गरिने भएको छ। मजुवा उपस्वास्थ्य केन्द्रको मुख्य आयोजना रंगीत मजुवा प्रतिज्ञा सार्वजनिक भवनमा सम्पन्न शिविरलाई सफल बनाउन डा. कास्तव कार,आरबीएसके एमओ बिजनबारी ग्रामीण अस्पताल, डा. इन्दरजीत सानु अप्टोमेट्रिस्ट सिलगढी ग्रेटर लायन्स,बसन गुरूङ, फार्मासिस्ट बिजनबारी ग्रामीण अस्पताल, प्रणय कुण्डु प्रयोगशाला प्राविधिक बिजनबारी ग्रामीण अस्पताल, सीएचओ विजया सिङ्ग मजुवा उपस्वास्थ्य केन्द्रको मुख्य भूमिका रहेको आजको शिविरमा 75 जना रोगीहरूले लाभ उठाए। उल्लेखित 50 जनाको चस्मा मजुवा उपस्वास्थ्य केन्द्रमा उपलब्ध गराउने छ भने आइसीडीएस,आसाकर्मिहरू मार्फत रोगीहरूको घरदैलोमा नै उक्त निशुल्क चस्मा दिइने पनि बताइएको छ। वर्षाझरी मौसममा पनि उपस्थिति दिएर आजको निशुल्क स्वास्थ्य जाँच शिविरलाई सफल बनाउनमा साथ दिनु हुने सम्पूर्ण स्वास्थ्य विभागिय डक्टर, कर्मचारीहरू लगायत आइसीडीएस, आसाकर्मीहरु संगै प्रियम राई स्वयं सेवक  प्रति मजुवा उपस्वास्थ्य केन्द्रको पक्षबाट कृतज्ञता जनाएको छ।

Share this news
आजको रोजाइ
तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा