आकाशवाणी खरसाङ्मा सम्मान अनि बिदाई समारोह सम्पन्न

Share this news

खरसाङ, (हनोक): आकाशवाणी खरसाङको अवकाशप्राप्त कर्मचारी एंव वरिष्ठ तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाई दिनलाई आकाशवाणी खरसाङ्मा बिदाई समारोह सम्पन्न भएको छ। आकाशवाणी खरसाङ्को मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाई समारोहमा विशेष रुपमा क्लष्टर हेड एंव निदेशक अभियन्ता जितेनकुमार रोय प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरु दिइएको थियो। कार्यक्रममा बिदायी कर्मचारी विकाससिंह लोहारलाई आकाशवाणी खरसाङ्को तर्फबाट खदार्पणसहित टोपी पहिराएर, शल ओढाएर सम्मान जनाइएको थियो भने अभिनन्दन पत्र, स्मृति चिन्ह र उपहारहरु प्रदान गरेर सम्मान जनाइएको छ। उनलाई प्रदान गरिएको अभिनन्दन पत्र उदघोषिका रश्मी खवासले पठन गरेकी थिइन्‌‍। यस अवसरमा विकास सिंह लोहार र उनकी पत्नी सुचिता खातीको बाहुलीबाट केक काटिएको थियो। यस बिदाई समारोहमा गीत, नृत्य, कविता आदि प्रस्तुत गरिएको थियो। यस क्रममा शोभना प्रधान, प्रशान्त छेत्री, देवेन थापा, बिपन आले, सञ्जीव छेत्री, शर्मिष्टा सिंह, अनुपमा प्रधान, सौरभ थापा र साथीहरु साथै उदघोषक उदघोषिकाहरुले गीत प्रस्तुत गरेका थिए। त्यसरी नै रेबिना सुब्बा, शशि थापा, सुप्रिना गिरी र साथीहरु र उदघोषिकाहरु आदिले नृत्य प्रस्तुत गरेका थिए। त्यसरी नै जितेन कुमार रोय, लेखनाथ राई, उषाकिरण सत्यदर्शी, उमेश कार्कीढोली, बिनिता लामा बोस र मञ्जु शर्मा आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि निदेशक अभियन्ता एवं क्लष्टर हेड जितेन्द्रकुमार रोय, कार्यक्रम प्रमुख सुनिलकुमार दास, कार्यक्रम निष्पादक राजीव सुब्बा आदिले वक्तव्य राखेका थिए भने बिदाई कर्मचारी विकाससिंह लोहारले आफ्नो सम्बोधनमा सबैलाई धन्यवाद दिन्दै यस बिदाई कार्यक्रमले आफुलाई धेरै माया गरेको र सम्मानको लागि आभार प्रकट गरेका छन्‌‍। उनले आकाशवाणी खरसाङ्मा आफुले दिएको योगदानको एक अवश्य मूल्याङ्कन हुने तर आकाशवाणीले आफुलाई धेरै कुरा दिएको बताएका छन्। उनले आकाशवाणी खरसाङ्को तर्फबाट राष्ट्रिय स्तरमा तबला वादकको रुपमा कार्य गर्न मौका पाएकोमा खुशी व्यक्त गरेका छन्‌‍? भने आफु यसरी तबला वादकको रुपमा राष्ट्रिय स्तरमा कार्यक्रम गर्ने पहिलो नेपाली/गोर्खा रहेको पनि बताएका छन्‌‍?। उनले आफ्नो कार्यकालमा भूल भए क्षमा चाहान्छु भनी बताएका छन्‌‍। कार्यक्रममा उनकी पत्नी एवं लोक गायिका सुचिता सिंह खातीले आफ्नो वक्तव्यमा आफ्नो सांगीतिक यात्रा आकाशवाणी खरसाङबाट नै शुरु गरेको अनि आकाशवाणी खरसाङ्मा नै विकाससिंह लोहारसित भेट भएको बताएकी छन्‌‍। उनले आकाशवाणी खरसाङलाई मन्दिर बताउँदै आकाशवाणी खरसाङले आफु र पति विकास सिंह लोहारलाई दिएको माताप्रति आभार प्रकट गरेकी छन्। यस अवसरमा पत्नी एंव गायिका सुचिता सिंह खातीले गीत पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा सुपुत्री र सुपुत्र पनि उपस्थित रहेका थिए। कार्यक्रममा प्रसारण निष्पादक मनन तामाङले धन्यवाद ज्ञापन गरेका थिए। उल्लेखनीय छ विकाससिंह लोहार 3 मई 1991 सालमा आकाशवाणी खरसाङ्मा तबला वादकको कार्य शुरु गरेका थिए अनि 34 वर्षसम्म सेवा गरेर 31 जुलाई 2025 मा आकाशवाणी खरसाङबाट अवकाशप्राप्त भईरहेका छन्‌‍। उनले तबला वादकको रुपमा राष्ट्रिय स्तरमा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै अवकाशप्राप्त कर्मचारी एंव संगीतकार विकास सिंह लोहारले विस्तृत जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ