खरसाङको गोर्खा दुःख निवारक सम्मेलन भवनले काँचुली फेर्ने भयो

Share this news

खरसाङ, (निसं): छ। यो भवनको जीर्णोद्धारको कार्य आरम्भ भइसकेको छ। जीटएले यो भवनको जोर्णेद्धारको कार्य गरिरहेको छ। वर्तमानमा यो भवनको भित्रको भागहरू भत्काउने कार्य भइसकेको छ। भवन भित्रको बालकनी पूर्ण रुपले भत्काइएको छ भने भवनमा रहेका सम्पूर्ण चौकी हटाएर भत्काउने कार्य चलिरहेको छ। धेरै वर्षदेखि मरमति नगरिएको यो भवन जीर्ण अवस्थामा पुगेको थियो र यो भवनको मरमति गरिन पर्ने माग धेरै अघिदेखि उठिरहेको थियो। यहाँ काम गरिरहेका मानिसहरूसित यो भवन पूर्ण रुपले नयाँ बन्ने बताए भने खरसाङ अभियान्त्रिकी विभागका सुपरिटेण्डेन्ट अञ्जिनियर सुदर्शन छेत्रीसिति जान्न चहादा तिनले भवनको जीर्णोद्धार कार्य भइरहेको नयाँ भवन होइन भनी बताए। तिनले भने, भवनको अवस्था अति सोचनीय बनेको थियो। भवनको बालकनीको अवस्था निकै सोचनीय थियो। कुनै कार्यक्रमको अवधि भवनको बालकनी भत्किएको खण्डमा ठूलो दुर्घटना हुने सम्भावना थियो, यसैले बालकनी अनि अन्य संरचनाहरू भत्काएर जीर्णोद्धार गरिनेछ। छेत्रीबाट यस भन्दा अधिक जानकारी प्राप्त हुन सकेन। उल्लेख्य छ, खरसाङ्को गोर्खा दुःख निवारक सम्मेलन भवन एउटा पुरानो भवन हो र गोर्खा दुःख निवारक सम्मेलन एउटा पुरानो परोपकारी गैरसरकारी संस्था हो। खरसाङ्को इतिहासका पर्याय वरिष्ठ साहित्यकार जीबी बलले गोर्खा दुःख निवारस सम्मेलन भवनको सन्‌‍ 1939 मा स्थापना भएको र यो स्थापना कालमा धोबी खोलाको एउटा घरको कोठामा सञ्चालित थियो भनी बताए। तिनले भने, यो संस्था सञ्चालनको अवधिमा खरसाङ्को विभिन्न स्थानमा सारिने कार्य भयो। सन्‌‍ 1972 मा मन्टिभियट रोडमा अवस्थित अहिलेको भवन निर्माण गरिएको हो। यसको उद्घाटन तत्कालनि कंग्रेस कमिटीका उपाध्यक्ष मंगलसिंह रुम्बाको बाहुलीबाट गरिएको थियो। तिनले अझ भने, गोर्खा दुःख निवारस सम्मेलन भवन असम, नेपाल, कोईला खादबाट खरसाङ्मा आएर समस्यामा परेका मानिसहरू, गरीब-दुःखी, अनाथ, रोगी, बाहिरबाट खरसाङ्मा उपचार गर्न आएकाहरूको निम्ति आश्रय स्थानको रुपमा सञ्चालन गरिने उद्देश्यले स्थापना गरिएको हो। पहिला पहिला यस्तै कार्य भयो, यसरी समस्यामा परेका, अनाथ, बिमारीहरूलाई भवना राखिन्थ्यो। पछिबाट गोर्खा दुःख निवारक सम्मेलन भवनलाई रंगशालामा परिणत गरियो। अहिले यस्ता दुःखी, बिमारी, असहाय, बाहिरबाट आएर बिचल्लीमा परेकाहरूको निम्ति खरसाङ्मा कुनै भवन छैन। अहिले सबै सम्पन्न भए, यस्तो भवनको आवश्यकता छैन भनेर भन्न पनि सकिन्दैन। पहाड़का धेरै गरीब-दुःखी, असहाय, अनाथ, बिचल्लीमा परेकाहरू सिलगढ़ीतिर राखिएका छन्‌‍। बलले गरीब-दुःखी, रोगी, असहाय, अनाथ, बिचल्लीमा रहेकाहरूको निम्ति यस्तो एउटा भवनको आवश्यक रहेको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ