वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

Share this news

रिम्बिक, 27 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोवर लिङ्सेबुङको एक संस्था वी लभ लिङ्सेबुङले स्थानीय सार्वजनिक भवनमा नागरिक सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्ष बल बहादुर विश्वकर्मा थिए भने प्रमुख अतिथिको रूपमा साइत बहादुर लिम्बु उपस्थित थिए। जोशी सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण प्रकाश बिश्वकर्माले गरेका थिए।
कार्यक्रम अध्यक्ष अनि प्रमुख अतिथिको बाहुलीबाट द्वीप अनि धूप बालेर सुरु गरिएको थियो।
कार्यक्रममा क्षेत्रका वयोवृद्धजन क्रमैले धनमाया कम्बाङ, गोठलेनी तुम्मा, संगीत साबा, सञ्जय आमा अनि सुरेन आमालाई खदा अनि दोसल्ला  ओडाएर अनि प्रसस्ती-पत्र प्रदान गरेर नागरिक सम्मान जनाईयो। कार्यक्रममा साहित्य अकादमी युवा पुरस्कार-2025- ले पुरस्कृत युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइयो भने क्षेत्रमा धेरै समय अघिदेखि विभिन्न विधाहरूमा योगदान दिदै आइरहेका नागरिकहरु गायक तथा कवि जीवन लिवाङ, गायक तथा कवि मणिकुमार लिम्बु, नाटककार सुवास पालुङगा, गायक सन्दिप सुब्बा, गायक अमित सुब्बा, गजलकार, कवि तथा सिनेमाटोग्राफर सुरेन सुब्बा अनि कवि आरती ठकुरीलाई सम्मान जनाईयो। कार्यक्रमको पहिलो चरणमा   स्थानीय गायक सन्दीप लिम्बु अनि अमीत लिम्बुले गीत गाएका थिए भने सुबास पालुङ्वाले कार्यक्रम लागि सम्बोधन गर्दै वी लभ लिङ्सेबुङ संस्थाको उद्देश्य, यसले गर्दै गरेको कार्य लगायत भविष्यका दिनहरूमा यस संस्थाले साहित्य, संगीत, स्वास्थ्य, शिक्षा लगायत अन्य विषयहरुको संरक्षण गर्ने विषयमा प्रकाश पार्दै साहित्य अकादमी युवा पुरस्कारले पुरस्कृत सुवास ठकुरी समाजको दर्पण साहित्यलाई जगेरा गर्ने युवा हामीसंग जन्मिएकोले आफ्नो क्षेत्रको गर्व रहेको बताए। कार्यक्रमलाई साहित्य अकादमी युवा पुरस्कार प्रापक ठकुरीले आफ्नो गाउँले यसरी  आफूलाई सम्मान गरेकोमा भावुक बन्दै सम्बोधन राख्ने भने कवि जीवन लिवाङले पनि सम्बोधन राखे। कार्यक्रममा धन्यवाद ज्ञापन नवीन कार्कीले राखेका थिए। कार्यक्रममा गाँउवासीको बाक्लो उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ