चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर

Share this news

गोक, 27 जुलाई(निसं): गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका बिमल शशांकर केवल चौतारोमा सीमित रहेको परिवार पक्षको गुनासो रहेको छ। शहीद शशांकरकी पत्नी अञ्जना शशांकरले अहिलेसम्म केही नपाएकी गुनासो गरेकी छिन्। माटो र जातिको निम्ति आफुले आफ्नो पति गुमाए पछि शहीद बिमल शशांकर केवल परिवार पक्षले निर्माण गरेको चौतारीमा सीमित रहेको उनले जनाइन्। धेरै पटक राजनेताहरु आएर ठुलोठुलो आश्वासन र वचनहरु दिएर गए तर फर्केर कोही आएनन् अनि केही गरि दिएनन् भन्ने शहीदका पत्नी अञ्जनाको गुनासो रहेको छ। आज पनि आफु अनि आफ्नो छोरोसित चुहुने घरमा बस्नु परिरहेको उनको भनाई छ।
शहिद दिवसको अघिल्लो दिन शहीद बिमल शाशंकरकी पत्नी अञ्जनाले दुख प्रकट गर्दै भनिन्, कमसेकम शहीदको नाममा एउटा घरै निर्माण गरिदिएको भए पनि केही चित्त बुझ्थ्यो। उनले आज दुःखेसो पोख्दै भनिन्, तर आज केही पाउन नसकेको र शहीद परिवारको निम्ति केही हुनसकेको छैन, शहीदकी पत्नी अञ्जना सिभिक पुलिसमा कार्यरत छिन्, यो नोकरीले उनले आफ्नो परिवार चलाईरहेकी उनले बताइन्।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ