31 अगस्तमा साहित्य तरङ्ग-टिकटमा कविताको सातौँ प्रकरण

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): बिहिबार गोर्खा दुख निवारक सम्मेलन(गोदुनिस) भवनमा कला सङ्गम मञ्चको आगामी कार्यक्रम साहित्य तरङ्गलाई लिएर प्रेस भेला आयोजन गरिएको थियो।उक्त प्रेस भेलामा अध्यक्ष विशाल सर्घाईँ, मूल सचिव किशन सार्की, सह सचिव योगिता राई,कार्यकारी सदस्य सुमन लामिछाने, सुदेश बान्तवा राई आदिको मुख्य उपस्थिति रहेको थियो। प्रेस भेलामा विशेष गरि कला सङ्गम मञ्चले वर्षेनी आयोजना गर्ने साहित्य तरङ्ग-टिकटमा कविता कार्यक्रम यस वर्ष आगामी 31 अगस्तको दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवन दार्जीलिङमा सम्पन्न हुने भएको जानकारी मञ्चले गरेको छ।मञ्चका मूल सचिव किशन सार्कीले यसवर्ष पनि सँधै झैँ कार्यक्रममा कविता, गजल आदि प्रस्तुत हुनेछ।साहित्य तरङ्ग-टिकटमा कविता-कला सङ्गम मञ्चको प्रयास हो, एउटा जमर्को हो। टिकट किनेर साहित्यिक कार्यक्रममा सहभागी बन्ने , दार्जीलिङमा एक नौलो प्रयोजन हो। यस प्रयोजनलाई सुरुवाती दिनदेखि नै सबैले सहयोग, आँट, हौसला प्रदान गरेकोमा कसम परिवार शुभचिन्तकहरूमा सदैव कृतज्ञ र आभारी रहेको छ। आजपर्यान्त पनि यो कार्यक्रम जारी रहनु भनेको अर्थात् यस कार्यक्रमको सातौँ प्रकरण आयोजना हुनु,उनीहरूको माया हो। यसपाली पनि उत्तिकै माया, हौसला, साथ र सहभागिता जनाइदिने ती उदार मनहरूलाई पनि स्वागत जनाएको छ।
यसवर्षको स्रष्टाहरूको नाम साथै टिकट सम्बन्धी चाँडै नै जानकारी गराउने बताउदैँ सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा उक्त कार्यक्रममा उपस्थित भइदिने अनुरोध मञ्चका मूल सचिव किशन सार्कीले गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ